बांकेमा मासु सप्लाई काण्ड-२: नेपालगञ्जबाट उडेर कुहिएको मासु पुग्यो डोल्पा

नेपालगञ्जबाट मासु सप्लाई काण्ड: हेनुहोस बांकेको रनियापुरमा एकैदिन दर्जनौ गाई काटेर  मासु ब्यापारी मार्फत तपाई हामीले सेवनको लागी परिकारमा सप्लाई गरिसकिएको र तिनका अस्थिपञ्जर यसरी फालिन्छन ।

नेपालगञ्ज १९ माघ/  नेपालगञ्जबाट काठमाण्डौं लगायत मध्य र सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा अखाद्य मासु सप्लाई हुनेगरेको समाचार बिभिन्न सञ्चार माध्यममा प्रकाशित भईरहेपनि सम्वन्धीत निकायहरुको यस तर्फ खासै ध्यान नगएको पाइएको छ ।

नेपालगञ्ज र कोहलपुरका केही मासु व्यवसायीले नेपालगञ्ज एयरपोर्ट र गाडीबाट कथित पशु क्वारेन्टाइनवालाहरुको खाली फारममा हस्ताक्षर गरिदिएको भरमा कुहिएको मासु डोल्पा प्रहरीले बरामद गरी नष्ट गरेको जनाएको छ।

नेपालञ्जबाट जहाजमा डोल्पा पुर्‍याएको ३ सय ९२ केजी मासु कुहिएको अवस्थामा भेटिएको डोल्पा प्रहरीले जनाएको छ।

केही समय पहिल्य मासु र मासुजन्य पदार्थमा सुन लगायत लागु औषध समेत लुकाएर पहाडी जिल्लामा पठाउने गरेको गोप्य सूचनाको आधारमा नेपालगञ्ज एयरपोर्टबाट पहाडी जिल्लामा मासु पठाउन केही समय रोक लगाएको थियो ।

डोल्पा जिल्लाको जुफाल, दुनै र त्रिपुराकोटका लागि नेपालगञ्जबाट बुधबार जहाजमा ५ सय ७७ केजी मासु डोल्पा पुर्‍याएकोमा ‘विमानस्थलमा कुहिएको मासुको दुर्गन्ध आएको र चेकजाँचका क्रममा ३ सय ९२ केजी मासु खान नमिल्ने गरी कुहिएको अवस्थामा भेटियो डोल्पाका डिएसपी निरञ्जन थापाले जानकारी दिनुभएको छ ।  उक्त कुहिएको मासु बरामद गरेर नष्ट गरिएको थापाले जानकारी दिनुभएको छ ।

बुधबार खसीको ३४ केजी, बोइलर कुखुराको मासु २ सय १८ केजी र माछा १ सय ४० केजी कुहिएको अवस्थामा भेटिएको पनि डिएसपी थापाले बताउनु भएको छ। त्यसैगरिगाडीबाट पनि अखाध्य मासु डोल्पामा भित्रिने र जनमानसको स्वास्थ्यमा गम्भीर रोगको संक्रमण बढने सम्भावना भएपछि डोल्पा प्रहरीले यस अघि नै गाडीबाट मासु ओसारपसार पूर्णरूपमा बन्द गरेको छ।

‘स्वच्छ मासु ढुवानी होला भनेर गाडीबाट पूर्णरूपमा रोकेर जहाजबाट मात्र ढुवानी गर्न पाइने व्यवस्था गरेको बताउने डोल्पा प्रहरीले जहाजबाट पनि कुहिएको मासु भित्रिएको भेटेपछी के गर्ने भन्य अन्यौलमा रहेको छ ।

नेपालगञ्जबाट डोल्पा तर्फ मासुमा तस्करीको सुन देखी लागुऔषध जाने र उताबाट यार्सा लगायत बहुमुल्य जडिबुटी तस्करी गर्ने कार्यले बिगतमा प्रश्य पाएको अवस्था रहेको थियो ।

डोल्पा प्रहरीका अनुसार बुधबार नेपालगञ्ज एयरपोर्टबाट रिदम प्रेस हाउस, इन्द्र खत्री र गणेश रेग्मीले डोल्पाका लागि पठाएको मासु मध्य कुहिएको मासुु फेला परेको उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानएको छ ।

ति अस्थिपञ्जर खान आएका कुकुरको पनि केही समय हराएको अववस्था छ ।

मानव जिवनसंग प्रत्यक्ष सरकोकार राख्ने उक्त मासु तथा मासुजन्य परिकारहरुका लागी भारतबाट नेपाल तर्फ धपाइएका गाईगोरु एवम चोरीगरि ल्याएका रांगा भैसीको मासु नेपालगञ्ज उप–महानगर र मातहत वडामा मिलेमतोमा ऐन नियम बिपरित गैर-कानुनी रुपमा दर्ता तथा सञ्चालमा रहेका बिभिन्न मिट मार्टहरुले नेपालगञ्ज देखी राजधानी काठमाडौ लगायत मध्य र सुदुरपश्चिमका बिभिन्न पहाडी जिल्लाहरुमा मासु सप्लाई गर्ने गरिरहेका छन ।

नेपालगञ्जमा मासुका लागी चाहिने रांगा/भैसी नभएको र भारतबाट खसी, रांगा भैसी ल्याउदा पशु क्यारेन्टाइए चेकजांच भएपछी मात्र भन्सार गरि नेपाल तर्फ ल्याउन पाईने कानुनी ब्यवस्था रहेकोमा भारत सरकारले आफना कृर्षकको पशु क्यारेन्टाइनका लागी दिल्ली मै पु–याउनुपर्ने ब्यवस्था गरेकोले भारतबाट बैधानीकरुपमा चेकजांच गरेर पशुपक्षी ल्याउन एक किसिमले बन्देज नै गरेको अवस्था छ ।

नेपालगञ्जका ब्यापारीहरुले भने नेपालगञ्जबाट खसी, रांगा–भैसीको मासु भन्दै भारतबाट नेपाल तर्फ धपाईएका गाईगोरुको मासु स

कथित पशु चिकित्सकहरु मध्यका केहीले मासु नै चेकजांच नगरि यसरी खाली फारममा हस्ताक्षर गरेर दिने गरेको पाइएको छ । जस्ले मासु ब्यपारीले जुनको जसरी मासु सप्लाई गरे पनि प्रमाण भने खसि र रांगा र कुखुरा कै बनाउने गरिएको छ ।

प्लाई गरिरहेको यस अघि नै बिभिन्न घटनाहरु सार्वजनिक भइसकेका छन ।

भारतको युपिमा वर्तमान त्यहांको सरकारले गाईलाई कुटन पिटन वा मार्नेलाई शक्त कानुन बनाएकाले त्यहांका कृर्षकले लोकल गाई सामान्य त या ५ बेत पछी दुध कम दिने भएकाले गाईगोरु खोलेर छोडदिने र ति गाई नेपाल प्रबेश गरेपछी नेपालमा गाईगोरु दलालहरुले नियन्त्रणमा लिएर ट्रकका ट्रक काकडभित्ता बोर्डरबाट भारत हुदै भुटान तर्फ निकासी गर्ने गरेको थियो ।

उक्त कार्य केही समस्या आएपछी बांके र बर्दियाका बिभिन्न ठाउंमा गाईगोरु काटेर सुकुटी एवम फ्रोजन गरेर कथित पशु चिकित्सको सिफारिसमा उक्त गाईगोरुको मासु नेपालगञ्जबाट ति मिट मार्टवालाहरुले अन्यत्र सप्लाई गर्ने गरेको यस अभि नै समाचारहरु सप्लाई भइसकेको अवस्था छ ।