नेपालगञ्जको दिपक हेमकार परिवार बिभत्स हत्या एवम डकैती घटनामा अदालतमा पेश गरिएका १२२ वटा सबुत प्रमाण के–के थिए सम्पूर्ण बिवरण सहित

नेपालगञ्ज २६ माघ /  नेपालगञ्जको हाल सम्मकै ठुलो र चर्चित दिपक हेमकार समेत परिवारको सामूहिक हत्या र डकैती काण्डमा काठमाण्डौंका बिशेष पोशाक पहिचानधारीहरुलाई नछुने गरेको पाइएको छ ।

बिक्रम संम्वत २०६२ साल फागुन २३ गते राती नेपालगञ्जको त्रिभुवनचौक नजिकै सदरलाईनमा रहेको आफनै घरमा सुन पसल खोलेर बसेका दिपक हेमकार अनि निजका आमा, बुवा, बज्यै र घरमा सहयोगी गरि ५ जनालाई नै घांटीको अगाढीको भागबाट धारिलो हतियारले करिब ३.५ इन्च रेटेर हत्या एवम घरमा भएको धनमाल डकैती गरेको घटनामा काठमाण्डौंमा बस्ने बिशेष पोशाकधारीको अपिलमा सर्वोच्च अदालतले मुख्य अभियुक्तलाई नै साधरण तारिखमा छोडिदिएको छ ।

उक्त बिभत्स हत्या एवम डकैती घटनामा नेपाल प्रहरीले बारम्बार अर्थात करिब १२ बर्ष लगायत पटक–पटक बिशेष टिम बनाई अनुसन्धान गरी बांके जिल्ला सरकारी वकीलको कार्यालय मार्फत बिभिन्न १२२ वटा छुटटा–छुटटै सबुत–प्रमाण सहितको मिसिल तयार पारेर जिल्ला अदालत बांकेमा २०७५ साल कार्तिक ८ गते पेश गरेको थियो ।

सबुत प्रमाणहरुको लिस्ट प्रमाणहरुको यि प्रमाणहरु पाठक समक्ष प्रस्तुत गदै जाने छौ ।

अदालतले मिसिलमा उपलब्ध सबुत प्रमाणको आधार र घटनामा सरोकार रहेका बिभिन्न ब्यक्तिहरुको आंखो देखी र कानो सुनी लिखित पेटबोली बयान समेतलाई आधार बनाएर सिमा पार भारतमा बसेर नेपालमा हत्या तथा डकैती घटनामा मुख्य अभियुक्त किशोरी लाल सोनीलाई पूर्वपक्षका निम्ती थुनामा राखेर न्यायिक प्रक्रिया अगाढी बढाउने फैसला गरेको थियो ।

घटनाको तहकिकातमा बिभिन्न सबुत प्रमाणको आधारमा नेपाल प्रहरीको नेपाल स्थित इन्टरपोलमा कार्यरत निशान्त श्रीवास्तबको नेतृत्वमा गएको अप्रेशन टोलीले लाखौं रुपैया खर्च गरेर करिब १ महिना लामो खोजतलास तथा बिशेष अप्रेशनपछी सिमापार बसेर अपराध कर्म गदै आएका घटनाका मुख्य अभियुक्त किशोरीलाल सोनीलाई भारतको लखनउबाट उठाएर ल्यायर अदालत समक्ष पेश गरेको थियो ।

जिल्ला अदालत बांकेले अभियुक्त घटनामा संलग्न भएको सबुत प्रमाणको आधारमा अन्तीम टुंगो नलागुन्जेल सम्म थुनामा राख्ने मिति २०७५ साल कार्तिक १२ गते अर्थात मिशिल पेश गरेको ३ दिनमा नै सुरु फैसला गरेकोमा अभियुक्तका पक्षधर वकील मार्फत उक्त मिशिल सहित उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास समक्ष पेश गरि अपिल गरिएकोमा उच्चले पनि उक्च घटनामा बांके जिल्लाको सुरु फैसला सहि ठहर गदै २०७५ पौष २६ गते फैसला सदर गरेको डकुमेन्टमा देखिन्छ ।

घटना अध्ययनको क्रममा भारतमा समेत बिभिन्न अपराध घटनामा संलग्न अपराधीक चरित्र रहेको ब्यक्ती किशोरी लाल सोनीले नेपालगञ्जमा आफना छोरी ज्वाईको घरमा पाउना बनी बसेर राती आफु संगै लिएर आएका थप ३ जना ब्यक्तीको संलग्नतामा ज्वाई दिपक हेमकार परिवारको हत्या र डकैती गरेको मिशिलमा उपलब्ध सबुत प्रमाणले बोल्दाबोल्दै उक्त मुद्धाको अन्तीम फैसला नहुदै अभिुक्त अपराधी किशोरी लाल सोनीका पक्षका केही वकीलहरुले बिशष घटना र परिस्थितीमा अपिल गर्न सकिने द्रुत अपिल मार्गको प्रयोग गरेर अन्र्तराष्ट्रिय अपराधीका अभियुक्तलाई जसरी पनि छुटान लगातार लागीरहेको अदालतमा अपिल निबेदनले देखाएको छ ।

सर्वोच्च अदालतमा घटनामा अभिुक्त किशोरी लाल सोनीका पक्षधर नेपालगञ्ज केही वकीलहरुको पहूचको आधारमा काठमाण्डौंका वकीलहरु घुस खान्छन र न्यायधिश घुस खान्छन, हामी खुवाउछौ भनी सार्वजनिकरुपमा बोल्ने शम्भु थापा देखी आफुलाई ठुला ठान्ने बरिष्ठ वकीलहरुले उक्त किशोरी लाल सोनीको पष्षबाट बहस गरेको सर्वोच्चको फैसलामा देखिन्छ ।

हेर्नुहोस:  दिपक हेमकार परिवार हत्या एवम डकैती काण्ड घटनाका अभियुक्त किशोरी लालको पक्षबाट सर्वोच्मा बहस गर्नुभएका  अधिवक्ता टिम मध्यका बरिष्ठ वकील शम्भु थापाको कान्तीपुर टिभीमा बोल्दै ….. 

 

भारतमा अपराध कर्मको फेहरिस्त रहेको मिशिलमा नै उल्लेख रहेको र नेपालगञ्ज हेमकार हत्या काण्डमा संलग्न रहेको ब्यक्ती त्यसमा नेपाल–भारत सिमावर्ती शहरमा बिभत्स हत्या र डकैती घटनामा

वरिष्ठ वकीलहरुको समूहले नै बेन्चमा बहस गरेपछी सर्वोच्च अदालतको इजलासले किशोरी लाल सोनीलाई उक्त घटनामा इन्कारी बयान गरेको र सरकारबादी मुद्धामा समेत सपरिवारको हत्या घटनामा पनि घटनाका पक्षधरहरुले जाहेरी २ बर्षपछी दिएको, सुरु र बिवादास्पद प्रहरीको सुरुको मिशिलमा उल्लेख बिषयलाई उठान गरेर ति बिशेष कोटधारीको बहसलाई आधार मान्दै किशोरी लाल सोनीलाई साधारण तारिखमा छोडने कर्मले  नेपाल–भारत सिमावर्ती नेपालगञ्ज लगायतका शहरहरुमा अपराध वारदात घटनामामा अपराधीहरुको मनोबल बढने अवस्था सृर्जना गरेको छ ।

हाल काठमाण्डौको बानेश्वरमा कार्यरत डिएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा रहेको ततकालिन इन्टपोलको टिाले भारतिय नागरि किशोरी लाल सोनीलाई भारतको लखनउबाट उठाउदाको भारतिय मिडियामा चर्चा भिडियो क्लिप्स …..

भोलीका दिनमा त्यसता अपराधीले तिनै वकील र वकील परिवारहरुको हत्या डकैती गरेमा समेत वकीलले आफनो पेशा भनेर अपराधीलार्य ढांकछोप गर्न लागेमा समाजमा सिमापारमा ब्यवसायिक अपराधीहरुको संख्या बढनेतिर सबैले ख्याल गर्नुपर्दछ ।

उक्त घटना नेपालगञ्ज र नेपाल–भारत सिमा क्षेमा गरिने अन्र्तराष्ट्रिय अपराधीको नमुना घटना भएकाले हामीले त्यस्ता घटनाबाट बच्न आम नागगरिकलार्य थप सजिलो होस भन्ने हेतुले उक्त घटनाको नेपाल प्रहरीले तयार पारेको अभियोजन पत्र देखी बांके सरकारी वकीलको टिमले तयार पारेको मिशिल देखी अदालतमा पेश कागजातको आधारमा बांके र उच्च अदालतको फैसला र त्यसको बिरोधमा सर्वोच्चको फैसला पाठक समक्ष क्रमश पस्कदै जानेछौ ।

यस पटक नेपाल पैहरीले १२ बर्ष लगाएर नेपाल प्रहरीको टिमले तयार पारि बांके अदालत समक्ष्क्ष प्रस्तुत सबुत प्रंमाणहरुको लिस्ट पाठकहरु समक्ष प्रस्तु गरेका छौ । यस घटनामा आमजनताको चासो र चिन्ता रहेकाले जनताले पनि सहि सूचना जान्न पाउने अधिकार अन्तरगत यो घटनाको सम्पूण बिवरण क्रमश सार्वजनिक गरिदै जाने छ र यसमा हाम्रो कसैको पक्ष र पिबक्ष जनमत तयार गर्ने उदेश्य रहेको छैन ।