बांके र बर्दियामा डिआईजी टेक राईको अन्तरक्रिया

नेपालगञ्ज २९ माघ/  लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी टेक प्रशाद राईले बांकेका सबै प्रहरी युनिट इन्चार्ज सहित जनप्रतिनिधि एव समाजका अग्रज ब्यक्तित्वहरुसंग शनिबार नेपालगञ्जमा छलफल एवम अन्तरक्रिया गर्नु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएपछी औपचारिकरुपमा पहिलो पटक आफनो मातहत जिल्लाहरुको स्थलगत निरिक्षण एवम स्थानिय प्रबुद्ध बर्गहरुको समेत उपस्थितमा छलफल गर्नेक्रममा शुक्रबार बर्दियाको गुलरिया र शनिबार बांकेको नेपालगञ्जमा त्यस किसिमको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

काय्रक्रममा आमन्त्रीत उपस्थित रहनुभएका धार्मिक संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु एवम माननिय प्रदेश एवम संघिय संसद सदस्य र पत्रकारहरुको अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीता रहेको थियो ।

कार्यक्रममा बांके क्षेत्रनम्बर २ का प्रतिनिधि सभा सदस्य एवम कार्यक्रमका प्रमुख आमन्त्रीत ब्यक्ति धवल शम्शेर जबराले जनअपेक्षा अनुसार नेपाल प्रहरीले सु–शासन प्रवद्धन र इमान्दार भएर काम गर्नुपर्ने बताउदै बांकेमा बिगतमा भएको तस्करीको घटनामा आफुले आंखो देखी बयान कार्यक्रममा सुनाउनु भएको थियो ।

कार्यक्रमका प्रमुख केन्द्रबिन्दु रहनुभएका डिआजी टेक प्रशाद राईले नेपाल प्रहरीको हरेक सदस्य राष्ट्र र जनताका निम्ती जिवन उत्सर्ग गर्ने ज्ञान सिप र अनुभवका साथ कसम खाएर डिउटीमा खटिने गरेको स्मरण गदै त्यस कार्यमा नेपाल प्रहरीका हरेक सदस्य खरोरुपमा उत्रिने बिश्वास ब्यक्त गर्नुभयो ।

आफनो जिल्ला भ्रमणको क्रममा नेपाल प्रहरी प्रति जनअपेक्षा बढेको देखिएको बताउदै हरेक जिल्लामा देखिएका मुख्य–मुख्य समस्याहरुको सूचिकरण गरेर त्यस्ता समस्या समाधानका लागी स्थानिय निकाय र सरोकारवालाहरुसंग मिलेर कार्ययोजना बनाएर लाग्न मातहत युनिट इन्चार्जहरुलाई निर्देशन दिनुभएको ।

छलफलमा उठेका र उठाइएका बिषयहरुप्रति जिल्ला तहका प्रहरी तथा सुरक्षा अधिकारीहरु गम्भिर भएर लाग्न निर्देशन दिदै आफु प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएदेखी सकल सबै दर्जाका प्रहरी सदस्यहरुमा समेत काम गर्ने शैलीमा थप जोश जांगर पलाएको केही परिणाम र तथ्यांकहरुले पुष्टीगरेकोमा सो अवसरमा जानकारी दिनुभएको थियो ।

सोही कार्यक्रममा बोल्दै बांकेका प्रमुख जिल्ला अधिकारी बिपिन आर्चायले बांकेमा सुरक्षा निकायका प्रमुखहरुको सरुवा भएर आएको केही दिनभएको जानकारी दिदै शान्ती सुरक्षा र सुशासनका लागी समन्वयात्मक भुमिका र कार्ययोजनाका साथ सबै लाग्नुपर्ने बताउनु भयो ।

आर्चायले बांके जिल्लाको बिबिधताको धनी रहेको बताउदै बांके जिल्लाको बिबिधता नै अमुल्य गहना र उर्जावान शक्ती भएकाले यसलाई सदुपयोग गदै अगाढी बढन सबैले हातेमालो गर्नुपर्ने र त्यसका लागी आफु सधै तत्पर रहने बिचार ब्यक्त गर्नुभयो ।

त्यसैगरि कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य आदेश अग्रवाल, भण्डारीलाल अहिर, मिना कुमारी श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्ट, राप्तीसोनारी गाउ्रपालिका प्रमुख तप्त पौडेल, बैजनाथ गाउंपालिका प्रमुख प्रकाश बहादुर शाही, जानकी गाउंपालिका प्रमुख छब्बन खां, कोहलपुर नगरपालिका उप–प्रमुख संगिता सुबेदी प्रतिनिधिहरु, बिभिन्न धर्मका प्रतिनिधिहरुले नेपाल प्रहरीको बिगतमा भएगरेका कामहरुको समक्षका साथ आगामी दिनहरुमा समन्वय र सहकार्यमा अगगाढी बढनुपर्नेमा जोड दिनुभएको थियो ।