बांके आएर पहिलो पटक एसपीको ड्रेस लगाउने लो प्रोफाइलका अग्लो कमाण्डर

नेपालगञ्ज ८ फागुन/  नेपाल प्रहरीमा रहेर निकै लामो समय गोप्य आवरणमा काम गर्ने पहिलो र अन्तीम नाम हो टेक प्रशाद राई । नेपाल लगायत बिभिन्न बिदेश बिशिष्ट एजेन्सीहरुसंग मिलेर राष्ट्र राष्ट्रियता र अपराध नियन्त्रणमा लामो समय आफुलाई निखारनुभएका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी टेक प्रशाद राई पहिलो पटक एसपीको ड्रेसमा बांके प्रहरी प्रमुखको भुमिकामा सार्वजनिक हुनुभएको हो ।

बिश्वका ख्याती प्राप्त बिभिन्न बिशिष्ट एजेन्सीसंग सहकार्य गर्ने क्रममा भारत लगायत अमेरीकन एजेन्सी एफबिआईसंगको करिब १८ बर्षको सहकार्यले राईलाई पेशागतमा निपूर्णतामा ल्याउनमा निकै सहयोग गरेको अनुभव छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका स्थायी घर भएका ब्रिटिस गोर्खा सैनिकका छोरा टेक प्रशाद राईले २०५१ चैत ५ गतेबाट प्रहरीमा सेवा सुर गर्नुभएको हो । राई त्यस्तो बेला प्रहरीमा भर्ना हुनुभएको थियो जतिबेला प्रहरीको बर्दी र फुलीको सान समाजमा बेग्लै थियो । तर उहांले त्यो सान र सौकता नरोजेर अन्डरकभर भएर काम गर्ने क्षेत्र रोज्नु भएको थियो । प्रहरी सेवामा लागेको २१ वर्षपछि मात्रै राईले पहिलो पटक त्यो पनि बांके जिल्लाको प्रहरी प्रमुख भएर एपीको फुली भिरेर बाहिर निस्किएको अनुभव पनि बेग्लै छ ।

उहांले बाँके प्रहरीको जिम्मेवारी लिएर निस्किदै गर्दा धेरै समकक्षीहरुले भनेको सम्झनुहुन्छ, ‘यो राईले कसरी जिल्ला चलाउँछ होला ?’ उहांकै ब्याजका एक अधिकारी भन्छन्, ‘लामो समय विशेष भूमिकामा थिए उनी । बाँकेको जिम्मेवारीमा जाँदा तत्कालिन प्रहरी प्रमुखले राईले ड्रेस लगाउन जान्छ की जान्दैंन हो ? भनेर सोध्नु भएको थियो रे ।’ तर उहांले १४ महिना बाँकेमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भयो । बाँकेमा उत्कृष्ट रुपमा जिम्मेवारी सम्हाले अधिकृको रुपमा राईलाई बांके बासीले सम्झन्छ ।

बांकेमा अन्य प्रहरी प्रमुख भन्दा आफनो पेशागत क्षमता र दक्षताले सामाजिक क्षेत्रमा पनि प्रहरी संगठनले खेल्न सक्ने भुमिकालाई प्रहरी संगठनका आफना सदस्यहरुको उच्च मनोबलका साथ भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलतामा काम गर्नु भएका राई कार्य क्षमताको आधारमा क्रमश बढुवा हुदै हाल डिआईजी पदको जिम्मेवारीमा दांग स्थित प्रदेश प्रहरी प्रमुखमा कार्यरत हुनुहुन्छ । डिआइजी राईको आगमनले इमान्दार र कर्तब्यनिष्ट प्रहरी देखी सर्वसाधरण नागरिक समेत कम्तीमा सु–शासन र सामाजिक न्यायका पक्षमा राईको कदमको निम्नतम आसा गरेको पाईएको छ ।

तर राईको पनि आफनै कथा ब्यथा रहेको छ । गत २०७९ असार ८ गते नेपाल प्रहरीको ढिलो गरी डीआईजी बढुवा सूची निस्कियो । प्रहरी संगठन भित्र इमान्दार र अब्बल ब्यक्ती रहनुभएका टेकप्रसाद राईको नाम दोस्रो नम्बर राखियो ।

नेपाली राजनिति प्रभाबित नेपाल प्रहरी संगगठन भित्रको चलखेल र दाउपेच बावजुद पनि टेक प्रशाद राईको नाम दोस्रो नम्बरमा देखिएपछि तब प्रहरी संगठन भित्र राईको चर्चा सुरु भएको जानकारहरु बताउनु हुन्छ । एका-एक सार्वजनिक भएर बांकेमा पहिलो पटक एसपीको जिम्मेवारी त्यसको केही बर्ष पछी भक्तपुरमा एसएसपीमा रहदा राईकै कार्यशैलीको गुन-गान सर्वसाधरणले गर्न थालेपछी प्रहरी संगठन भित्र निकै चासोको बिषय हुने गरेको संगठन भित्रका जानकारहरु बताउनु हुन्छ ।

DIG टेक प्रशाद राई

खासमा राई को हुनुहुन्छ र किन चर्चा ?

लामो समयको द्धन्द्धपछि तीनै तहको सरकारको निर्वाचन भयो । स्थानीय, प्रदेश र संघीय सरकारको गठनसँगै मुलुक स्थायीत्व र समृद्धिको बाटोमा जाने आशाले जनताहरु उत्साहित थिए ।तर निर्वाचन सम्पन्न भएको १ वर्ष पुरा नहुँदै अर्थात् २०७५ देखि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको हिंसात्मक गतिबिधि सुरु भयो । जनताको शान्ति र समृद्धिको आशामाथि कुहिरो मडारिन सुरु भयो । ‘फेरि देश द्धन्द्धमा जाने त होइन ? चिन्ता सुरु भयो ।

२०७५ फागुन १० ललितपुरको नख्खुसहित देशैभर १७ स्थानमा एनसेल टावरमा आक्रमण भयो । ललितपुरको नख्खु विस्फोटमा सिंह प्रसाद गुरुङको मृत्यु भयो । २ जना घाइते भए । देशभरी वम विस्फोटको क्रम सुरुभयो । यसपछि २०७५ फागुन २८ गते सरकारले विप्लव पक्षका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो । आक्रमक रुपमा विप्लवको गतिबिधि बढिरहेको बेला सरकारले यो चुनौतीको सामना कसरी गर्ने भन्ने सुरक्षा संयन्त्र बीच बैठकमा छलफल गर्ने क्रममा तुरुन्तै सेना परिचालन भन्दा नेपाल प्रहरीको डिप्लोमेटिक कार्यशैलीबाट नेकपा माओबादी विप्लवको गतिबिधि नियन्त्रण सम्भव गर्ने कार्ययोजना र रणनिति बनायो तर त्यसको नेतृत्व कस्ले गर्ने भन्नेमा छलफल तथा खोजी कार्य भयो ।

ततकालीन समयमा नेपाल प्रहरीले उक्त मिशनका लागी आशा र भरोसा गरेको कमाण्डरको नाम थियो, टेकप्रसाद राई । नाम त आयो तर ‘कहाँ छन् टेकप्रसाद ?’ उतिबेला टेक प्रसाद सुडान मिसनमा जानुभएको थियो। प्रहरीको लागि मिसन सपना र सफलतासँग जोडिएको हुन्छ । आर्थिक उन्नतीसँग जोडिएको मिसन जाने हरेक प्रहरीको लक्ष्य हुन्छ । त्यही सपनालाई विपनामा बदलेर मिसनमा जानुभएका टेकप्रसाद राईलाई प्रहरी संगठनको रिपोटिंगमा नेपाल सरकार राईलाई देश फर्काउने निर्णयमा पुग्यो, ।

त्यतीखेर २०७५ फागुन १० ललितपुरको नख्खुसहित देशैभर १७ स्थानमा विस्फोट भएको एक सातापछि सुडानमा रहनुभएका राईलाई आफ्नो कमाण्डर अर्थात् आइजीपीको फोन आयो, ‘टेकप्रसाद ! तुरुन्तै तिमि देश फर्किनुपर्ने भयो ।’ तर उहांको लागि यो अनपेक्षित भने थिएन । ‘किनभने उहांको विज्ञता त्यही बिषयको थियो ।’

आदेशपछि उहां देश फर्किने निधोमा पुगेको सम्झीनु हुन्छ । युएनका कमाण्डरलाई देश फर्किने अनुमति मागे । राई सम्झिछन्, ‘अवधि नपुगी विचमा देश फर्किने कुरा गर्दा उनीहरु अचम्भित भए । मानेनन् । तर मैले देशको अप्ठ्यारोको कुरा सुनाएपछि अनुमति पाएँ । समयअवधि पुरा नगरी म देश फर्किएँ ।’

गृह मन्त्रालयका तत्कालिन एक उच्च अधिकारीले भने, ‘विप्लवको गतिबिधि नियन्त्रणका लागि अन्तरदेशीय अपराध मामला, आतंकवाद, संगठित अपराध र विध्वंशकारी गतिविधिमाथि गहिरो ज्ञान राख्ने प्रहरी अधिकृत राईलाई जसरी पनि फर्काउनु पर्ने आबश्यकता देखिएको कारण हामीले विचमा नै फर्काएका हौं ।’

अन्तरदेशीय अपराध मामला, आतंकवाद, संगठित अपराध र विध्वंशकारी गतिविधिमाथि निगरानी राख्ने प्रहरीको ब्यूरो विशेष ब्यूरोका क्याडर हुनुहुन्छ । जसले आफ्नो प्रहरी जीवनको उर्वर सबै समय त्यही ब्यूरोमा बिताउनुभएको छ । प्रहरी सेवाको सबैभन्दा आकर्षण हो, बर्दी । तर राई यस्ता कमाण्डर हुनुहुन्छ उहांले आफ्नो उर्बर समय बर्दी लगाउनु भएन । अर्थात् २१ वर्ष उहांले विशेष ब्यूरोमा बिना वर्दी अन्डरकभरमा रहेर काम गर्नुभएको उहांको अनुभव छ ।

मिसनबाट बिचमा नै नेपाल फर्किएपछि राई देशभित्रको मिसनमा जुटेको सम्झनुहुन्छ । विप्लव समूह रक्षात्मक बन्यो । त्यही जगमा २०७७ फागुन २० गते सरकारसँग ३ बुँदे सहमति गरेर शान्तिको बाटोमा विप्लव फर्कियो । मुलुक शान्तिको बाटोमा फर्कियो ।

आफनो कामको बारेमा राई त्यस्तो मिडियाबाजी गर्न मान्नु हुदैन तर उहांले भन्नुभयोः ‘हामी राष्ट्र सेवक हौं । देश र जनताको सेवा बाहेक कहिल्यै, कोहीसँग आग्रह–पूवाहग्रह राख्दैनौं । तत्कालिन समयमा संगठनले दिएको जिम्मेवारी निभाउनु हाम्रो कर्तब्य हो । विभिन्न कालखण्डका जिम्मेवारीलाई त्यसैगरी बुझ्नुपर्छ र मैले इमान्दार भएर निभाउदै आएको छु र निभाउने छु त्यो मेरो प्रण हो ।’

टेक प्रसाद प्रहरी भित्रको एउटा त्यस्तो कमाण्डर हुनुहुन्छ जुन कमाण्डरलाई अप्ठ्यारोमा देश र संगठनले खोज्ने गरेको प्रहरीका उच्च अधिकारी बताउँनुहुन्छ । सुरक्षा मामिलालाई नजिकबाट हेर्ने गृहका एक उच्च अधिकारी भन्नुहुन्छ ‘संकटमा देशले खोजी गर्ने ‘लो प्रोफाइलका अग्लो कमाण्डर’ हुनुहुन्छ राई ।’

सुरक्षाको मामिलमा अन्य देशहरुमा अनुभवी ‘इन्टेलीजेन्ट अफिसर’लाई देशको सम्पतीको रुपमा लिने गरिन्छ । तर हामी कहाँ खाली बर्दी मात्रै आकर्षण खोज्ने चलन छ । परराष्ट्र र गृहका एक पूर्व उच्च अधिकारी भन्नुहुन्छ ‘देश र संगठनले उहांबाट कति फाइदा लिन सक्छ, त्यो अर्को कुरा हो । तर समकालिन प्रहरी अधिकृत मध्ये उहां सबैभन्दा अनुभवी र काबिल इन्टेलीजेन्ट अफिसर हुनुहुन्छ । जसले २१ वर्ष विशेष ब्यूरोका सदस्य भएर बिताउनुभएको छ । यो असाधरण कुरा हो ।’

काम र राई प्रति संगठनको गहिरो विश्वास

पछील्लो पटक डीआईजी बढुवा निकै सकसपूर्ण थियो । ९ जेठ २०७९ मा ५ जना डीआईजीहरु एआईजीमा बढुवा भएसँगै १७ डीआईजी पद रिक्त भयो । ९ जेठ लगत्तै डीआईजी बढुवा हुनुपर्ने थियो । तर भयो, ८ असार २०७९ मा । त्यसबिचमा १७ जना डीआईजीका लागि २ ब्याचका ३७ जना एसएसपीहरु प्रतिस्पर्धामा दौडिए । २०७५ माघ २६, २०७७ वैशाख ९ र २०७७ पुस २९ मा एसएसपी भएकाहरु डीआईजीको दौडधुपमा थिए ।

राईप्रति सुभेच्छा राख्नेहरुले दौडधुपमा लाग्न सुझाव दिइरहन्थे । तर उहां एसएसपी हुदा मानव बेचविखन अनुसन्धान व्यूरोमा काम गरिरहे र कहि कतै दौडधुपमा लागेनन । ‘दौडनुपर्छ होऊ’ भनेर सल्लाह दिने आफ्ना साथीभाईलाई उहांको उत्तर हुन्थ्यो, ‘दौडधुप गर्ने कामको समयमा हो । त्यो भएपछि मलाई पुगीहाल्यो नी ? मेरो कमाण्डरलाई मेरो कामको बारेमा थाहा छदैँछ । काम र कमाण्डरप्रति हामीले गहिरो विश्वास र सम्मान राख्नुपर्छ ।’

सुडानमा मिसनको क्रममा उहांले नेपाल ‘एफपियु’लाई स्थान्तरण गरेर युएनको मूल्याङ्कनमा १ नम्बर बनाएको देखी एसएसपी भएको समयमा ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारीमा हुंदा र महिला तथा बालबालिका सेलमा गरेको कार्यले उहांलाई बालबालिका तथा महिला मन्त्रालयबाट प्रथम पुरस्कार प्राप्त गर्ने अवसर पनि भएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख भएपछी जिप्रका बांकेमा पहिलो पटक सरोकारवालाहरुसंग गरिएको अन्र्तक्रिया कार्यक्रममा सहभागीहर बीच ।

सरल र सरस कमाण्डर

राई नेपाल प्रहरीमा सरल र सरस कमाण्डरको रुपमा चिनिनुहुन्छ । विशेष व्यूरोबाट अवकाश पाएका एक अधिकृत भन्छन्, ‘उहां यस्ता दुर्लभ कमाण्डर हुनहुन्छ जो तलब आएको दिन आफ्नो टिमको साथी–सहकर्मीलाईलाई पार्टी दिनुहुन्छ ।’ निर्धारित तलब प्रहरीको लागि रुची र गणनाको बिषय होइन । ती कमाण्डर भन्छन्, ‘उहां एउटा त्यस्तो इमानदार कमाण्डर हुन् । जो आफ्नो तबलमा विश्वास गर्नुृहुन्छ ।’

हामी कहाँ प्रहरी कमाण्डरको सेवाकाल भनेको सान, सौकात मात्रै होइन आर्थिक हिसाबले पनि उर्बर हो । तर उहां यस्ता कमाण्डर हुनुहुन्छ । आफ्नो परिभाषित काम इमानको साथ निभानुका साथ उहांको रुचि अध्ययनमा हुनेगरेको देखिन्छ। आमसञ्चार बिषयमा मास्टर डिग्री गर्नुभएका राईले अहिले अन्तराष्ट्रिय सम्बन्धमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरिरहनुभएको छ ।

उहां अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले दिने तालिम एफबिआईमा ग्राजुयेट पनि हुनुहुन्छ । नेपाल प्रहरीमा एफबिआई तालिम गर्ने असाध्यै कम कमाण्डरहरु छन् । त्यो मध्येको उनी उत्कृष्ट कमाण्डरको रुपमा मानिने गरेको एक प्रहरी अधिकृत हुनुहुन्छ। उहांले ‘वेस्ट टेरोरिजम केस इन्भेष्टीगेटर’ पुरस्कार सहित ३० भन्दा बढी अन्तराष्ट्रिय पुरस्कार पनि पाउनुभएको छ ।

समय पाउन साथ राईको बानी विश्वबिद्यालयका कक्षा र पुस्तकालय पुग्ने गरेको देख्ने गरेको बताउने गर्दछन । उहांलाई नजिकबाट देख्ने एक प्रहरी अधिकृत भन्छन्, ‘उहांका सहकर्मीहरु सेटिङ्गमा दगुरीरहेको बेला उहां चै किताब बोकेर कृर्तिपुरतिर जानुहुन्छ ।’ ती अधिकारी थप्छन्, ‘यो त कमाउने बेला हो । उहां त्यस्तो पदमा भएको बेला कमाउन छोडेर राई सर फुर्सद भयो की पढ्न पो जान्छन् । यस्तो बिन्दास हाकिम मैले यसअघि भेटेको थिइँन ।’ नयांपेजको समेत समिश्रणमा तयार पारिएको रिपोर्ट ।