बांकेको कोहलपुरमा आत्महत्याको डरलाग्दो स्थिती ! बिगत ३ बर्ष यता लगातार शत प्रतिशतले बृद्धि

तस्बिरः पश्चिम नेपालको गेट वेको रुपमा रहेको बांकेको कोहलपुर चौराह ।

 

कोहलपुर ८ जेष्ठ/ गएको बैशाख ३१ गते घर छोडेर होटेलको कोठमा बास बस्न गएका अधबैशे युवक २ दिन पछी अर्थात यहि जेष्ठ २ गते होटेलकै भित्रबाट बन्द कोठामा मृत्यु अवस्थामा फेला परे ।

बांके कोहलपुर–१२ चप्परगौढी घर भएका ति युवकले मृत्यु रोज्नु अघि आफनो सबै भन्दा नजिकको मानिस श्रीमतीलाई पटक–पटक मेसेज पठाएर आफुले बिष सेवन गरेर मृत्यु रोज्न लागेको बताएको घटना अनुन्धानको क्रममा नेपाल प्रहरीले फेला पारेको छ ।

श्रीमानले आपसी घरायसी सम्वन्ध लगायतको बिषयमा श्रीमतीलाई मोबाइलबाट गरेको मेसेजमा आफनो साथमा बिषको सिसि समेत फोटो खिचेर पठाएको र अष्टेलियामा रहेकी श्रीमतीले श्रीमानको कुरालाई गम्भीरतापूर्वक नलिएर गोगलबाट फोटो लिएर आफुलाई धम्क्याउन फोटो पठाएको रिप्लाई गरेको प्रहरीले फेला पारेको थियो ।
उक्त आत्महत्या घटनामा श्रीमानको मेसेजलाई श्रीमतीले गम्भीरतापूर्वक लिएर नजिकको प्रहरी वा आफन्तलाई खबर गरेको भए निज युवको आत्महत्या गर्नबाट बचाउन सकिने कोहलपुर प्रहरीको ठम्याई रहेको छ ।

गएको बर्ष २०७९ फागुन १ गते देखी २०८० बैशाख १० गते अर्थात करिब ढाई महिनामा मात्र १५ जना युवती र ६ जना युवकहरुले बिभिन्न कारणले आत्महत्याको प्रयास गरेकोमा अभिभावक, साथीभाईहरुको समेतको सहयोगले ति २१ ज्ना युवायुवतीहरु अमुल्य मानव जिवन बचाउन सकिएको इलाका प्रहरी कार्यालय कोहलपुरको तथ्यांकले देखाएको छ ।

इलाका प्हरी कार्यालय कोहलपुर क्षेत्रको तथ्यांकले बिगत ३ बर्ष यता १०० प्रतिशतले आत्महत्याको घटना बृद्धि भएको देखाएको छ ।
आर्थिक बर्ष २०७७/७८ मा १२ जनाले आत्महत्या गरेको प्रहरीलाई सूचना प्राप्त भएकोमा त्यो संख्या आर्थिक बर्ष २०७८÷७९ मा शत प्रतिशतले बढेर २४ जनाले आत्महत्या गरेका छन ।

त्यसैगरि आर्थिक बर्ष २०७९/८० मा गएको आर्थिक बर्षको २४ जनाको भन्दा पनि डबल अर्थात ४८ जना भन्दा बढी हुने आर्थिक बर्ष नसकिदै निश्चित जस्तै छ । आर्थिक बर्ष २०७९/८० को जेष्ठ २ गते सम्मको तथ्यांकले ५६ जनाले आत्महत्या गरिसकेका छन ।

समग्रमा तथ्यांकलाई केलाउने हो भने कोहलपुर क्षेत्रमा आत्महत्याको स्थित भयाबहको रुपमा देखिएको छ । त्यसमा पनि उमेरको हिसाबले अधिकांस होन–हार युवा बर्गहरुले आत्महत्या गरिरहेको त्यसमा युवतीहरुको संख्या बढीरहेको तथ्यांकले देखाएको छ ।

नेपालले समेत अनुमोदन गरि पालना गरिरहेको अन्र्तराष्ट्रिय दिगो बिकास लक्ष्य अनुसार प्रति लाखमा १६.५ जनाले आत्महत्या गर्ने गरेकोमा यो सख्या सन २०३० सम्म प्रति लाखमा ४.७ मा झार्ने लक्ष्य रहेको छ ।

यो लक्ष्य बिगतको सख्या भन्दा बृद्धि भएर सन २०२२ मा लिएको तथ्यांकले नेपालमा प्रति लाखमा २४ जनाले आत्महत्या गरिरहेका छन । यो तथ्यांक घटनुको सटटा बढीरहेको छ ।

बांकेको कोहलपुर क्षेत्रमा गरिएको घटना अध्ययनको क्रममा आत्महत्या दर रातदिन बढेको बढयै छ भने त्यसमा पनि नव–जवान युवा पिढिहरुको आत्महत्या दर उच्च रहेको पाइएको छ ।

मानव जिवनशैलीमा आएको परिवर्तन सगै पारिवारिक, सामाजिक, आर्थिक समस्या देखी ब्यक्तीगत आचार बिचारका कारणले निराशा र तनाव उत्पन्न भएपछी कोहलपुर क्षेत्रका युवायुवतीहरुले आत्महत्या गर्ने गरेको केही घटनाहरुको बिश्लेषण गर्दा पाइएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताउनुभएको छ ।

कोहलपुर क्षेत्रमा आत्महत्याको भयाबह दर नेपालमै उच्च दर रहेको र त्यसका लागी समयमा नै स्थानिय सरोकारवाला निकायहरु यसको रोकथामका लागी अगाढी नआउने हो भने यो सख्या हरेक बर्ष बृद्धि भएर जाने बिगतका बर्षहरुमा भएको घटनाले पुष्टी गरेको छ ।

आत्महत्या घटना संबेदनशिल सार्वजनिक सरोकारको बिषय भएकाले यसलाई सबै भन्दा नजिकको ब्यक्तीहरुले बिना पूर्वाग्रह गोपनियता कायम राख्दै आफु स्वयम वा मनो–बिमर्शकर्ताबाट यस्ता घटना रोक्न सकिन्छ तर यस्ता सामाजिक गम्भीर घटनामा स्थानिय निकायहरुले हाल सम्म खासै चासो र चिन्ता लिएको देखिदैन ।