बर्दियाको ठाकुरबाबाबाट भ्रमणमा गएका मानिस चढेको बस बांकेमा दुर्घटना: ७ जनाको मृत्यू ,८ जना घाईते

नेपालगञ्ज २२ भदौ/ बर्दियाको ठाकुरद्धारा स्थित बेतहनी सामूदायिक वन उपभोक्ता समितिकाबाट पूर्वी नेपालका नमूना सामुदायिक वनहरुको अध्ययन/अवलोकन भ्रमणमा गएको टोली फर्कने् क्रममा शुक्रबार राती ९ः१५ बजे बांकेको शम्शेरगञ्ज नजिकै पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परी कम्तीमा ७ जनाको मृत्यू भएको छ भने ८ जना गम्भीर घाईते भएका छन ।

घटनास्थल फोटो

भ्रमण सकेर बर्दिया तर्फ फर्कन क्रममा पूर्व–पचिम राजमार्ग अन्तरगत बांकेको राप्ती-सोनारी गाउंपालिका वडानम्बर ८ शम्शेरगञ्ज नजिकै बिग्रीएर सडक छेउमा खडा रहेको बा ८च ६४०५ नम्बरको ट्रकसंग यात्रु बोकेको ना ७ ख २३२१ नम्बरको बस ठक्कर खांएर दुर्घटना हुदा दुर्घटना स्थलमा कम्तिमा ७ जनाको ज्यान गएको र ८ जना गम्भीर घाईते भएको उद्धार कार्यमा खटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएपी सुन्दर तिवारीलाई उदृत गदै जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता डिएपी नारायण डाँगीले पुष्टी गर्नुभएको छ ।

उद्दार कार्यमा बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, शम्शेरगञ्ज स्थित शसस्त्र प्रहरी र कोहलपुर इप्रकाको जनपद प्रहरी टोलीले उद्दार गरेको छ ।

बसमा चालक सहित जम्मा ४१ जना एकै ठाउंका सवार रहेका बर्दिया ठाकुरबाबा नगरपालिका वडानम्बर ९ का ५० बर्षिय काशिराम थारु, ५५ बर्षिय कस्तुरी थापा, ५० बर्षिय रुपा परियार अन्दाजी ४० बर्षिय जयन्त थारु, उमेर नखुलेका गोविन्द ठकुरी र चातुराम थारू र सोही ठाउंमा १ जना नामथर नखुलेका अन्दाजी ६०/६५ का १ जना पुरुष गरि ७ जनाको मृत्यूभएको बांके प्रहरीले अपडेट गराएको छ ।

घटनास्थल फोटो

घाईत्हरुको इलाका प्रहरी कार्यादलय कोहलपुरका प्रमुख सुन्दर तिवारीको नेतृत्वको टोलीले उद्धार गरि उपचारको लागी बांकेको कोहलपुर  मेडिकल कलेजमा ल्याईपु–याएको बांके प्रहरीका प्रवक्ता नारायण डॉगीले बताउनुभएको छ ।

दुर्घटना स्थलमा उद्दार कार्यको भिडियो क्लिप्स