‘प्रधानन्यायाधीश माथि महाअभियोग दर्ता हुनु दुखद-कामु प्रधानन्यायाधीश पराजुली

वैशाख १७/ सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुली कायममुकायम प्रधानन्यायाधिश नियुक्त भएका छन् । उनले सोमबार साँझ नै पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसाग संक्षिप्त प्रतिक्रिया दिँदै पराजुलीले आफूले सदैव संविधान र कानूनको पालना गर्ने प्रतिक्रिया दिए । ‘न्यायालय सदैव संविधान र कानून अनुसार अघि बढ्नुपर्छ,’ उनले भने ।
पराजुलीले प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता हुनु ‘दुखद’ भन्दै अरु थप प्रतिक्रिया दिन चाहेनन् । उनले आफू कुनै विवादमा नपरेको र आफ्नो सम्पूर्ण कागजात सम्बन्धित निकायमा पेश भएको बताए ।

यसैबीच, प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठनको आज बसेको बैठकले महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ । संगठनले देशभर सबै बार इकाइहरुमा मंगबार साढे १ बजे विरोध कार्यक्रम गर्ने अध्यक्ष रुद्र नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘यो महाअभियोग प्रस्तावले स्वतन्त्र न्यायपालिका, विधिको शासन र संवैधानिक सर्वोच्चतामाथि गम्भिर प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानन्यायाधिशले गरेका राष्ट्रियता रक्षा र भ्रष्टाचार विरोधी र विधिको शासनसम्मत निर्णयको विरुद्धमा तथा निर्देशित न्यायपालिकाको पक्षमा यो महाअभियोग प्रस्ताव आएकाले अविलम्ब फिर्ता लिन माग छ ।’

सम्बन्धित शीर्षक