प्रदेश २ मा असोज २ गते चुनाव गर्ने निर्णय

१ असार/सरकारले निर्वाचन आयोगको असहमतिका बीच प्रदेश नम्बर २ को चुनाव आगामी असोज २ गते गर्ने औपचारिक निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव राखेर असोज २ मा गर्ने निर्णय गरेको हो ।यससँगै स्थानीय चुनाव तीन चरणमा हुनेछ ।

प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते चुनाव भएर भरतपुर महानगरपालिका बाहेकको परीणाम आइसकेको छ ।प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते चुनाव हुनेछ । प्रदेश नम्बर २ मा भने असोज २ गते हुनेछ ।यसअघि सरकारले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति जनाएको थियो । तर, यो निर्णयमा निर्वाचन आयोगको असहमति कायमै छ ।सरकारले यो निर्णयसँगै असार १४ को चुनावमा राजपा सहभागी हुने दाबी गरेको छ । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले चुनावमा आउन राजपा सहमत भएको बताए ।