बांकेको उडरापुरमा गाई काटीरहेको अवस्थामा २ जना पक्राउ

८ मंसिर, नेपालगञ्ज / बांकेको खजुरा गाउँपालिका वडानम्बर ५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहनालाई गाई काटीरहेको अवस्थामा बुधबार बिहान बांके प्रहरीले पक्राउ गरेको जनाएको छ।

खजुरा गाउँपालिकाको उडरापुरमा कानुनद्धारा वर्जित गाई काटीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले ३० किलो गाईको मासु सहित उपरोक्त ब्यक्तीहरुलाई रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाका सम्वन्धमा बांके प्रहरीले गाई काटने र सप्लाई गर्ने ठाउंहरुको पहिचान गरिरहेको र त्यसमा नेपालगञ्जबाट अन्यत्र मासू सप्लाई गर्नेहरुको नाम पनि पोलीने गरेकोले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।