बाँकेको कोहलपुर नगरपालीका, खजुरा,जानकी र बैजनाथ गाउँपालिकामा एमाले विजय

 

कोहलपुर नगरपालीकाको प्रमुखमा एमालेले जितेको छ । बाँकेका ३ गाउँपालिकामा एमालेले स्पष्ट बहुमत सहित जीत हात पारेकाे छ ।

कोहलपुर नगरपालीका प्रमुखमा एमाले विजय   

कोहलपुर नगरपालीका प्रमुख पदमा बिजयी लुट हादुर रावत

कोहलपुरको विकासमा महत्पूवण भुमिका निभाउदै आएका लुट हादुर रावत स्वच्छ छबीका ब्यक्ति रहेको र यस अघि कोहलपुर गाबिस हुदा २ पटक अध्यक्षमा निर्वाचित भइ कार्य अनुभव गरीसक्नु भएको छ । उहांले कांग्रेसका भानुभक्त भटटराईलाई ८४ मत अन्तरले हराई नगर प्रमुख पदमा बिजयी हुनुभएको हो ।

खजुरा गाउपालिकामा एमाले विजय 

बाकेको नगरउन्मुख खजुरा गाउपालिकामाविजयी प्रमुख पदका उम्मेदवार किस्मत कुमार कक्षपति

बाकेको नगरउन्मुख खजुरा गाउपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका प्रमुख पदका उम्मेदवार किस्मत कुमार कक्षपतिले ८ हजार ७० मत ल्याइ विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मर विकले ६ हजार ८ सय ९२ मत प्राप्त गरे ।

उप-प्रमुखमा एमालेकी एकमाया विकले ८ हजार २ सय १४ मत प्राप्त गरिन् । यो मत निकटम प्रतिद्वन्द्वी भन्दा झण्डै २ हजार बढी हो । निकटतम प्रतिद्वन्द्वी माओवादीकी फिरोज बानो खानले ६ हजार ४ सय ३३ मत प्राप्त गरिन् । खजुरामा काग्रेस तेस्रो रह्यो । काग्रेसका प्रमुख पदका उम्मेदवार नक्की खा ले ४ हजार ९ सय ५४ र उपप्रमुख दिपा आलेले ४ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् ।

जानकी गाउँपालिकामा एमाले विजय

यसैगरी  नेकपा एमालेले जानकी गाउँपालिकामा विजय हात पारेको छ ।नेपालगन्जसंग सीमा जाेडिएकाे जानकी गाउँपालिकामा अध्यक्षमा राम निवास यादव र उपाध्यक्षमा भूमिसरा धिताल विजयी भएका छन् । ६ वडा रहेकाे जानकीमा एमालेले ३ वडामा विजय हासिल गरेकाे छ । एमालेले जानकी गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा विजय हात पारेको हो । त्यहाँ माओवादी केन्द्रले वडा नं. २, संघीय समाजवादी फोरमले वडा नंं १ र काँग्रेस वडा नं. ३ मा जित हात पारेको छ । यो सँगै एमालेले बाँकेमा ३ पालिकामा जित हात पारेको छ ।

जानकी गाउँपालिकामा अध्यक्षमा राम निवास यादव

बैजनाथ गाउँपालिकामा एमाले विजय

यसैगरी बैजनाथ गाउँपालिकाकाे अध्यक्षमा एमालेका मान बहादुर रूचाल र उपाध्यक्षमा शारदा विश्वकर्मा विजयी भएका छन् । 8 वडा रहेकाे बैजनाथमा एमालेले ५ वडामा जीतेकाे छ ।  ८ स्थानीय तह रहेको बाँकेमा नेपाली काँग्रेस डुडुवा र राप्तीसोनारी तथा संघीय समाजवादी फोरम नरैनापुर गाउँपालिकामा विजय भएको छ ।