नेपालमा कोरोनाबाट २२८ जनाको मुत्यू, ३९ हजार ४ सय ६० संक्रमित

१५ भदौ, नेपालगञ्ज/ पछिल्लो २४ घन्टामा नेपालमा ११ हजार १२९ पीसीआर परीक्षण गरिएकोमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार कोरोना पुष्टि हुनेमा ३०३ जना महिला र ५९६ जना पुरुष गरि ८९९ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले पछील्लो २४ घण्टामा थपिएका सगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको जानकारी दिनुभएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ५८८ जना डिस्चार्ज भएका छन् भने यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ ।
गसैगरि पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा १७ हजार ८ सय २२ जना कोरोना संक्रमित छन् भने ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार सोमबारसम्म पीसीआर विधिबाट ६ लाख ९३ हजार ४७२ परीक्षणहरु गरिएका छन् ।

यता भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्याबमा गरिएको परिक्षणमा पछील्लो २४ घण्टामा ४० जना संक्रमित फेला परेका छन । जस अनुसार बाँकेको कोहलपुरका १७, नेपालगञ्जमा ८, खजुरामा ६, अन्य स्वास्थ्य संस्थाहरुमा ८ जना गरि ४० जना संक्रमित थपिनु भएको हो ।

नेपालमा कोरोनाको अवस्था ।