निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि गोली प्रहार

२३ असोज, नेपालगञ्ज/ नेपालको राजधानी काठमाण्डौंको नयाँ बानेश्वरको खरीबोट नजिक, शान्तिनगरको ॐ शान्ति चोक नजिकै सोमबार दिउसो निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि गोली प्रहार भएको हो ।   

 उनीमाथि दुई राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ । गौचनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा राखिएको एसएसपी दिवेश लोहनीले जानकारी दिनुभएको छ ।

अध्यक्ष गौचनमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सवा ३ बजेतिर मोटरसाइकलमा आएका दुईजनाले गौचनमाथि गोली हानेका थिए । प्रहरीका अनुसार मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएर आएका ब्यक्तीले थिए ।