एमालेको घोषणपत्रमा देशको आर्थिक समृद्धिको खाका जनता बीच प्रस्तुत गरिने

नेकपा एमालेले अबको कार्यनिती देशको आर्थिक समृद्धिसंग जोडेर अगाढी बढने बताउदै आएको छ । स्थानिय निर्वाचनको क्रममा घोषणा पत्र तयार गर्नकालागी सञ्चारमैत्री बनाउन काठमाडौंमा पत्रकारहरुसंग सुझाव संकलन गर्ने क्रममा नेता बामदेव गौतमले एमालेले देशको बृहत हितका लागी आवश्यक कुरा घोषणा पत्रका उल्लेखीत भएर आउने बताउनु भएको छ ।

नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा आगामी ५ वर्ष भित्रमा नेपालीको प्रतिव्यक्ति प्रति बर्ष आय ५ हजार डलर पुर्यााउने योजना समेट्ने भएको छ । हाल पछिल्लो तथ्यांक अनुसार नेपाली प्रति व्यक्ति प्रति बर्ष आय ७६६ डलर छ । साथै आफ्नो पार्टीले जिते शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतालाई निःशुल्क र अनिवार्य गर्ने एमालेको दाबी छ ।
यसभन्दा अघि आफनो गाउ आफै बनाउ,सामाजिक सुरक्षा भत्ता दिने जस्ता जनप्रिय क्रार्यक्रम ल्याएर जनता बीच लोकप्रिय बनेको एमालेले यस पटक देशको बृहत आर्थिक समृद्धिको बाटो खाका जनता बीच प्रस्तुत गर्ने नेताहरुले बताउदै आएका छन ।

एमालेले स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदा तयार पार्न उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा टोली बनाएको छ । सोमबार सञ्चारकर्मीहरुसँग भएको छलफलमा कार्यबाहक अध्यक्ष समेत रहेका गौतमले एमालेले यो पटक लक्ष्य मात्र होइन, त्यसलाई प्राप्त गर्ने आधार सहित घोषणा पत्र तयार पार्ने दाबी गरे ।
गौतमका अनुसार ३ वर्षभित्र गरिबी निवारण गर्ने र ५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्या उने योजना घोषणा पत्रमा हुनेछ । साथै केन्द्रमा पनि एमालेको सरकार बनेपछि प्रत्येक घरमा एक रोजगारी दिने र ५ वर्षभित्र कोही पनि बेरोजगार बस्नु पर्ने अवस्था नरहने एमालेको दाबी छ ।
एमालेले १० वर्षभित्र नेपालको आर्थिक र विकास एसियाका अन्य देशको समान बनाउने योजना पनि घोषणा पत्रमा राख्दैछ ।