जिल्ला प्रहरी कार्यालय बाँकेले १४ जना जुवाडे र मापसे सहित ३५ जनालाई नियन्त्रणमा,

३ कात्तिक, नेपालगञ्ज/ जिल्ला प्रहरी कार्यालय बाँकेले समाजमा शान्ति भंग गरेको अभियोगमा बिहीबार राती विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा १४ जना जुवाडे सहित ३५ जनालाई बिभिन्न ठाउंबाट नियन्त्रणमा लिएको छ । 
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक बिरबहादुर थापाका अनुसार समाजमा शान्ती भंग गर्न खोज्ने  बिहीबार राती ११ः४५ बजे डुडुवा गाउपालिका वडा नं।–१ खडैचाबाट ३४ हजार नगद सहित १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
स्थानीय सुमृत भंगी बाल्मिकीको घरमा जुवा खेल्दै गरेका १४ जना जुवाडेलाई तिन गड्डी तास सहित ३४ हजार ३ सय ११ रुपैया नियन्त्रणमा  लिएको बताएको छ  ।
यसैगरी मापसे सेवन गरी मोटरसाईकलमा होहल्ला गरी शान्ति भंग गर्दै हिडेका १४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उनीहरुलाई १२ बजे न्युरोड, तथा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।पटाका पड्काउदै अरुलाई तर्साउने गरेको आरोपमा समेत विभिन्न स्थानबाट ७ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभएको छ ।

नेपालगञ्जमा बिगतका बर्षहरुको तुलनामा यस बर्षको दीपावलीमा पटका कम पटकेका छन । प्रहरी यस बर्ष बिष्फोटक पदार्थको रुपमा रहेको पटका पटकाउन नियन्त्रण गर्ने निर्णय गरेको थियो । तर सार्वजनिक सुचना जारी गरिएको थिएन ।

पटका पडकाउन नियन्त्रण गर्न, शसस्त्र तथा जनपद दुबै प्रहरी आ–आफनो क्षेत्र बांडेर पटका पटकेको ठाउंमा तुरुन्तै पुगेर निययन्त्रण गर्ने काम गरेको प्रहरीले बताएको छ ।