बर्दियाको गुलरिया नगरपालिकाको नगर सभाले ६२ करोड ९९ लाख २५ हजार रुपैया बजेट पारित

९ कात्तिक,गुलरिया, बर्दिया /बर्दियाको  गुलरिया नगरपालिकाले चालु आर्थिक बर्ष ०७४/०७५ का लागि करिव ६३ करोड रुपैया बजेट विनियोजन गरेको छ। ढिलो गरी बसेको गुलरिया नगरपालिकाको प्रथम नगरसभाले चालु र पुँगीगत खर्च तर्फ गरी ६२ करोड ९९ लाख २५ हजार रुपैया पारित गरेको हो। 

नगरपालिका, वडा समिति, बिषयगत शाखाले गर्ने सेवा र कार्यका निमित्त अनुसुचि १ मा उल्लेखित चालुखर्च, पुँजीगत खर्च र वित्तिय व्यवस्थामा खर्च गर्ने गरी विनियोजन ऐन पारित गरेको गुलरिया नगरपालिकाले जनाएको छ। अनुसुचीमा उल्लेख भए अनुसार नगरपालिकाको चालु खर्च तर्फ १३ करोड ८९ लाख १४ हजार ४८० रुपैया र वार्डहरु तर्फ १ करोड ४६ हजार ४०० रुपैया विनियोजन गरेको गुलरिया नगरपालिका प्रशासन शाखा प्रमुख कपिल घिमिरेले बताउनु भएको छ । उहांले ‘नगरपालिकाको पूँजीगत खर्च तर्फ ३६ करोड ६० हजार ६५२ रुपैया र वार्डहरु तर्फ १२ करोड रुपैया विनियोजन भएको छ।

 सोमवारदेखि शुरु भएको नगरसभाले गुलरिया नगरपालिकाको बजेट, निति तथा कार्यक्रम माथी छलफल गर्दै पारित गरेको हो। सभामा पूर्वाधार तर्फका नगर तथा वडा स्तरिय योजना, करको दररेट, कर्मचारी सम्वन्धी योजना लगायत संस्थाका नितिगत व्यवस्थाका बारेमा छलफल गरिएको छ ।
गुलरिया नगरपालिकाले भौतिक पूर्वाधार, शिक्षा, कृषि तथा पशुपालन, स्वास्थ्य खानेपानी तथा सरसफाई, पर्यटन सँस्कृति तथा वातावरण, सामाजिक विकास, महिला शसक्तिकरण लगायतका क्षेत्रमा गहन छलफल भैरहेको  छ।