निर्वाचनका कारण मुगुमा उजाडिदै जिन्दकी : अर्कै पार्टीमा लागेको भन्दै दुई छोरी सहित श्रीमतीलाई घरनिकाला

२७ कात्तिक, मुगु / अलग राजनितिक पार्टीलाई सहयोग गरेको भन्दै मुगु कर्मारोङ गाउँपालिका–८ मांग्री गाउँका ३१ वर्षीय निमा छिरिङ तामाङले दुई छोरी सहित श्रीमतीलाई घरनिकाला गरेका छन।  

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सदरमुकाममा रहेको छायानाथ रारा नगरपालिकामा–१ का स्थानीयमा समेत यस्तो समस्या देखिएको थियो।
चुनाव सकिएसँगै राजनितिक दलहरुले दाजुभाइ तथा छिमेकी पार्टीगत रूपमा अलग भएपनि निर्बाचन पछी सबै सहभागी भई रोपाइँ गरेका थिए।
स्थानीय तहको निर्वाचनमा निमा छिरिङ तामाङकी सासु एमालेको तर्फबाट वडा सदस्य विजयी भएकी थिइन्।

निमा छिरिङले आफनो श्रीमतीले आफ्नी आमालाई मतदान गरेको, चुनाव प्रचार-प्रसारमा समेत सहयोग गरेको, आफूले भनेको मान्छेलाई मतदान नगरेको भन्दै निमाले गत जेठमा घरनिकाला गरेपछि गाउँलेले मिलापत्र गरेका थिए।

आफूले भनेको मन्छेलाई भोट नहालेको भन्दै मादक पदार्थ सेवन गदै दैनिक कुटपिट गर्न थालेपछि पीडित महिला दुई छोराछोरीसहित छिमेकीको घरमा कोठा मागेर बस्दै आएकी छिन्।

श्रीमानबाट थप दुःख पाउने डरले उनी न्यायका लागि कुनै पनि निकायमा उजुरी दिन गएका छैनन्।  विगतका निर्वाचनमा छिमेकी तथा गाउँले अलग-अलग राजनीतिक दलमा आबद्ध हुँदा धारा, पानीपँधेरो बार्ने,खेतीपाती गर्दा पार्टी गुटबन्दी गर्ने वल्लोपल्लो घरबीच बोलचाल बन्द गर्नेजस्ता समस्या देखिने गरेको छ ।