नेपालगञ्ज म्याराथनको संन्देश: आर्थिक समृद्धि र बिकास तर्फको दौडको सुरुवात..

२७ कात्तिक, नेपालगञ्ज/ आगामी मंसिर ५ गते नेपालगञ्जमा आयोजना गर्न लागीएको नेपालगगञ्ज म्याराथन तेस्रो संस्करणको  तयारी अन्तीम चरणमा पुगेको छ । 

म्याराथनको लागी बिभिन्न साझेदारहरुको लागी ब्यवसायीक रुपमा छनौट भइसकेका छन भने अन्य ब्यवस्थापनको तयारी अन्तीम चरणमा पुगेको आयोजकहरुले बताएका छन ।

नेपालगञ्ज म्याराथनले पश्चिम नेपाललाई तरंगित पार्दै स्वास्थ्य जिवन,खेलकुद प्रतीको आकर्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उद्धेश्य र लक्ष्य साथ उक्त म्याराथन दौडको आयोजना गरिएको आयोजक टीएस ठकुरीले जानकारी दिनुभएको छ ।

नेपाललाई आर्थिक समृद्धि र बिकास तर्फको संकेतको रुपमा म्याराथन यात्रा नेपालगञ्ज बाटै गरिन लागेको र दौडिंदा आर्थिक समृद्धि र बिकास तर्फको दौडको सुरुवात र संकेतको रुपमा नेपालगञ्ज म्याराथन दौडले सन्देश दिने आयोजकहरुको बिश्वास रहेको बताएका छन  ।

पश्चिम नेपालको ऐतिहासिक महत्त्व बोकेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक शहरलाई समृद्धिको बाटोमा लैजान हाम्रो यो सानो प्रयास हो, जहाँ पाइला पाइलामा राष्ट्रिय खेलाडी देखि ओलम्पियनु भेटिन्छन् आयोजकहरुले आफनो फेसबुकमा उल्लेख गरेका छन ।