बांकेको खजुरामा पनि बाम गठबन्धनको चुनाबी आमसभा सम्पन्न

१२,खजुरा बांके,नेपालगञ्ज/ पूर्व गृहमन्त्री एवम नेकपा माओवादी केन्दका नेता शक्ति बस्नेतले नेपालको विकासका र समृदिका लागि बाम गठबन्धन एक ठाउंमा आएको बताउनु भएको छ ।

मंगलबार दिउसो बाँकेको निवाृचन क्षेत्र नम्बर ३ को खजुरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेता बस्नेतले राष्ट्रको समृद्धि र विकासका लागी निर्वाचनबाट बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर जिताउन अपिल गर्नुभएको छ । 

सोही क्रममा बाम गठबन्धनको बांके जिल्ला निर्वाचन परिचालन समितिका संयोजक दिनेश यादवले बांके जिल्लाको तिब्र रुपमा सर्वागिन बिकासका लागी बाम गठबन्धन आजको अपरिहार्य भएकाले एकता बद्ध भएर निर्वाचन मार्फ जनताका् घरद्रलोमा आउको बताउनु भयो ।

बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक एवम पूर्व सासंद दल बहादुर सुनारले राजनीतिक स्थायीत्व र विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधीसभा क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकाय, क्षेत्र नम्बर
३ प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल र २ का उम्मेदवार बाबुराम गौतमले जनताको अमुल्य मत आफुहरले खेर जान नदिने बताउदै जनताका घरदैलोमा बिकासको महसुश गराउने गर बिकाम गर्ने र त्यसका लागी आफनो अमुल्य मत दिएर जिताउन अनुरोध गर्नुभएको थियो ।

उहांहरुले राणाशाही मोहन शम्शरेका कारण समाप्त भयो,पञ्चायत मरिचमानका कारण, खरेलले भने,– राजाशाही ज्ञानेन्दका कारण समाप्त भयो भने कांगेस शेर बहादुर देउवाका कारण समाप्त हुनेछ । कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, शालिकराम खडका, डम्बर विक, पदम धिताल, सतिस निरौला लगायतले मन्तव्य राखेका राख्नुभएको थियो ।

सम्बन्धित शीर्षक