समानुपातीक तर्फ प्रतिनिधि सभामा, कुन पार्टीबाट को-को बन्दैछन संसद सदस्य, सम्भाबित नामावली सहित……

 २८ मंसिर,नेपालगञ्ज/ प्रतिनिधिसभाको समानुपातिक तर्फ खसेको  आधा भन्दा बढी मत गन्दा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । 

त्यसैले राष्ट्रिय पार्टीका रूपमा उनीहरूले मात्रै समानुपातिकको एक सय १० सिटको वितरणमा सहभागी हुन पाउनेछन् ।

राजपा नेपालले प्रत्यक्षमा फोरमभन्दा एक बढी अर्थात् ११ सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड छुन संघर्ष गरिरहेको छ । अहिलेसम्म उसले २ दशमलव ४८ प्रतिशत मत पाएको छ । यो मत ३ प्रतिशत पुर्‍याएमा उसले पनि कम्तीमा चार सिट पाउनेछ । र ती चार सिट कांग्रेस, एमाले, माओवादी र फोरमको खाताबाट घट्नेछ । उम्मेदवारको प्राथमिकता तय, तर तलमाथि हुन सक्छ

२ दुई सय ७५ सिटमध्येबाट कम्तीमा ३३ प्रतिशत अर्थात् ९२ जना महिला प्रतिनिधिसभाको सदस्य हुनु अनिवार्य छ । प्रत्यक्षमा ६ महिला विजयी भएकाले अब कम्तीमा ८६ महिला समानुपातिकबाट सांसद हुनेछन् । पुरुषका लागि २४ सिट मात्र बाँकी छ ।

एमाले

मतगणना  अनुसार समानुपातिकमा एमालेको ४५  र गरी प्रतिनिधिसभामा ८० सिट १२६ पुग्नेछ । कुल सांसद संख्याको ३३ प्रतिशत महिला पुर्‍याउन एमालेले ४२ जना महिलालाई प्रतिनिधि बनाउनुपर्नेछ ।

प्रत्यक्षमा एमालेबाट दुईजना महिला निर्वाचित भएकाले समानुपातिकबाट ४० महिला उम्मेदवारले प्रतिनिधिसभामा स्थान पाउनेछन् । यसरी पाँच सिट मात्र पुरुषका लागि सुरक्षित हुनेछ ।

३३ प्रतिशत अर्थात् कुल ४२ मध्ये खस–आर्यबाट ३१.२ प्रतिशत अर्थात् १३ जना महिलाले प्रतिनिधित्व पाउने हुन् ।

खस–आर्य समुदायका २ महिला प्रत्यक्षबाट निर्वाचित भएकाले अब सो समुदायका ११ जनाले मात्र समानुपातिकबाट प्रतिनिधित्व पाउनेछन् । त्यस्तै, आदिवासी जनजातिबाट १२ जना, थारूबाट ३ जना, दलितबाट ६ जना, मधेसीबाट ६ जना, मुस्लिमबाट २ जनाको प्रतिनिधित्व हुनु पर्नेछ ।

प्रतिनिधित्व पाउने खस–आर्य ११ महिला

१- राधा ज्ञवाली

२- विन्दा पाण्डे

३- गोमा देवकोटा

४- कल्याणी खड्का

५- निरु पाल

६- मनकुमारी जिसी

७- माया न्यौपाने

८- विष्णु शर्मा

९- सरिता न्यौपाने

१०- मैना भण्डारी

११- तीर्था गौतम

प्रतिनिधित्व पाउने आदिवासी १२ महिला

१- थममाया थापा

२- डा. शिवमाया तुम्बाहाम्फे

३- सुजिता शाक्य

४- रामकुमारी झाँक्री

५- विना श्रेष्ठ

६- तुलसी थापा

७- नवीना लामा

८- शान्तिमाया तामाङ

९- कुमारी मेचे

१०- रणकुमारी बलम्पाकी

११- माइली लामा

१२- मेन्चुङ लामा

प्रतिनिधित्व पाउने थारू ३ महिला

१- शान्ता चौधरी

२- लक्ष्मी चौधरी

३- गंगा चौधरी

प्रतिनिधित्व पाउने दलित ६ महिला

१- निरादेवी जैरू

२- विमला विश्वकर्मा

३- विमला विक

४- पार्वतीकुमारी विसंखे

५- सानु शिवा

६- आशाकुमारी विक

प्रतिनिधित्व पाउने मधेसी ६ महिला

१- जुलीकुमारी महतो

२- डा. पुष्पाकुमारी कर्ण

३- सरलाकुमारी यादव

४- रेखाकुमारी झा

५- सरिताकुमारी गिरी

६- सीता यादव

प्रतिनिधित्व पाउने मुस्लिम २ महिला

१- कालिला खान

२- समिना हुसैन

प्रतिनिधित्व पाउने ५ पुरुष

एमालेले प्रत्यक्षमा धेरै सिट जितेको र सबैजसो पुरुष भएकाले समानुपातिकमा पुरुषका लागि ५ स्थान मात्र खालि हुनेछ । त्यसमा पनि समुदायको समानुपातिक प्रतिनिधित्व आवश्यक हुन्छ ।

समानुपातिक प्रतिनित्वि गराउँदा प्राथमिकताका आधारमा आदिवासीबाट विजय सुब्बा, खस आर्यबाट मुकुन्द न्यौपाने, थारुबाट मझीलाल थारु, दलितबाट रामप्रित पासवान, मधेसीबाट मोतीलाल दुगड र मुस्लिमबाट समीममियाँ अन्सारीमध्ये पनि पनि एक जनाले अवसर पाउने छैनन् ।

कांग्रेस

प्रत्यक्षमा २३ सिट जितेको कांग्रेसले समानुपातिकको मतगणनाको रुझानअनुसार ४३ सिट पाउने सम्भावना छ । प्रतिनिधिसभाका कांग्रेसको कुल प्रतिनिधित्व ६५ भएमा ३३ प्रतिशत अर्थात् २२ महिलाले प्रवेश पाउनेछन् ।

प्रत्यक्षमा कांग्रेसका एकजना पनि महिलाले नजितेकाले २२ नै महिला समानुपातिकबाट पठाउनुपर्नेछ । त्यसो गर्दा पनि पुरुषका लागि २१ स्थान सुरक्षित हुनेछ । २१ जना पुरुष र २२ जना महिलामध्ये पनि विभिन्न समुदायबाट समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ ।

प्रतिनिधित्व पाउने आदिवासी ७ पुरुष

१- बहादुरसिंह लामा

२- कर्मा घले

३- उमेश श्रेष्ठ

४- लालकाजी गुरुङ

५- जिपछिरिङ लामा

६- दिव्यमणि राजभण्डारी

७- जीवनप्रेम श्रेष्ठ

प्रतिनिधित्व पाउने खस–आर्य ७ पुरुष

१। बालकृष्ण खाण

२। दिलेन्द्रप्रसाद बडू

३। किशोरसिंह राठौर

४। सत्यनारायण खनाल

५। सूर्यबहादुर केसी

६। मोहनप्रसाद पाण्डे

७। अन्तराम भट्ट

प्रतिनिधित्व पाउने १ थारू र १ मुस्लिम पुरुष
पद्मनारायण चौधरी र अतहर कमाल मुसलमान

प्रतिनिधित्व पाउने ३ दलित र 

१- मानबहादुर विश्वकर्मा

२- मीनबहादुर विश्वकर्मा

३- प्रकाश रसाइली

प्रतिनिधित्व पाउने ३ मधेसी पुरुष

१- विनोदकुमार चौधरी

२- स्मृतिनारायण चौधरी

३- नागेन्द्रकुमार राय

प्रतिनिधित्व पाउने खस आर्य ७ महिला

१- सुजाता कोइराला

२- पुष्पा भुसाल

३- डिला संग्रौला

४- मीना पाण्डे

५- उमा रेग्मी

६- दीपशिखा शर्मा

७-= रुक्मणिदेवी कोइराला

प्रतिनिधित्व पाउने आदिवासी ६ महिला

१- ज्ञानकुमारी छन्त्याल

२-  प्रमिला राई

३- महेन्द्रकुमारी लिम्बु

३-  हिरा गुरुङ

५- मीना सुब्बा

६-  सुवर्ण ज्वारचन

प्रतिनिधित्व पाउने १ थारु र १ मुस्लिम महिला

पार्वता डिसी चौधरी र सर्वत आरा खान

प्रतिनिधित्व पाउने ३ दलित र ३ मधेसी महिला
१- सुजाता परियार

२- लक्ष्मी परियार

३- विमला नेपाली

प्रतिनिधित्व पाउने ३ मधेसी महिला

१-  सीतादेवी यादव

२- चित्रलेखा यादव

३- मीनाक्षी झा

माओवादी

प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले समानुपातिकमा भने त्यसको आधा अर्थात् १८ सिट जित्ने सम्भावना छ । कुल ५४ सांसदमध्ये ३३ प्रतिशत अर्थात् १८ जना महिला माओवादी प्रतिनिधि बन्नेछन् । तर, प्रत्यक्षमा ३ जना महिलाले जितिसकेकाले माओवादीले अब कम्तीमा १५ महिला पठाउनुपर्नेछ । ३ सिट मात्रै पुरुषका लागि सुरक्षित रहनेछ । कुल १८ महिलामध्ये २ आदिवासी जनजाति र १ खस–आर्य महिलाले प्रत्यक्षबाट जितेका छन् । खस–आर्यबाट ६ जना महिलामध्ये १ जनाले जितिसकेकाले पाँच जनाले स्थान पाउन सक्छन् ।

प्रतिनिधित्व पाउने खस–आर्य ५ महिला

१- रेखा शर्मा

२- पूर्णाकुमारी सुवेदी

३- धर्मशीला चापागाईं
४- सत्या पहाडी

५- सीता पोखरेल

प्रतिनिधित्व पाउने आदिवासी ३ महिला
१- जयपुरी घर्ती

२- शशी श्रेष्ठ
३- ओनसरी घर्ती

प्रतिनिधित्व पाउने थारू १ र मुस्लिम १ महिला
राम कुमारी चौधरी र
चाँदतारा कुमारी

प्रतिनिधित्व पाउने दलित २ र मधेसी ३ महिला
१- अन्जना बिसंखे २- दुर्गा विक
१- इन्दु शर्मा २- बोधमाया यादव
३- दिलकुमारी

प्रतिनिधित्व पाउने ३ पुरुष
पुरुषमध्येबाट पनि आदिवासी जनजातिबाट सुनीलकुमार मानन्धर, खस–आर्यबाट हितराज पाण्डे, मधेसीबाट जोगकुमार बर्बरिया यादवले प्रतिनिधित्व पाउने देखिन्छ ।

फोरम
प्रत्यक्षमा १० सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा ४ सिट जित्ने स्थिति छ । प्रत्यक्षमा ३३ प्रतिशत महिला पुर्‍याउन समानुपातिकमा पाउने चारै सिटमा महिलाई पठाउनुपर्नेछ ।

समावेशी प्रतिनिधित्वका आधारमा आदिवासी जनजातिबाट रेनुका गुरुङ, खस–आर्यबाट सरिता गिरी, मधेसीबाट रेणु यादव, मुस्लिमबाट रुही नाज, थारूबाट रीता चौधरी र दलितबाट कलुदेवी विश्वकर्मामध्येबाट पनि दुईजनाले स्थान पाउनेछैनन् । निर्णय गर्ने अधिकार पार्टीलाई हुनेछ । नयाँ पत्रिकामा समाचार छ ।