जाजरकोटमा बियरको बोत्तलले हानेर बुहारी द्धारा सासुको हत्या

२६ कात्तिक,जाजरकोट/  जाजरकोटमा सासु बुहारीबिच विवाद हुँदा बुहारीको कुटाइबाट सासुको ज्यान गएको छ । विवादका क्रममा बुहारीले सासुलाई बियरको बोत्तलले हिर्काउँदा सासुको ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ ।  

जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना बजारकी २७ वर्षकी भवानी रानाले ४५ वर्षकी सासुलाई कन्चटमा हिर्काएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।

घट्ट बेचेको पैसाको विषयलाई लिएर सासुबुहारीबिच विवाद भएको थियो । हत्यामा संग्लग्न भएको आरोपमा भवानी र मृतकका पति दूध बहादुरलाई पक्राउ गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षक