बर्दियाको सुरजपुरमा आगलागी:  यस बर्षको ठुलो जनधनको क्षती !

१२ चैत्र, बर्दिया/  बर्दियाको गुलरिया नगरपालिका वडानम्बर ८ सुरजपुरमा रहेको सुरजपुर चिउरा उद्योगमा आज बिहान भएको आगलागी घटनामा १ जनाको मुत्यू हुनुका साथै २४ जना घाईते हुनुका साथै करीब ९० लाख बराबरको धनमालको क्षती भएको छ ।

शसस्त्र प्रहरी बल ३१ नम्बर गण कार्यालयका गणपती एवम सूचना अधिकारी नायब उपरिक्षक भीम बहादुर चौधरीका अनुसार चिउरा उद्योगमा बिधुत सर्टभई आगो लागेको हुनसक्ने अनुमान गरिएको उक्त घटनामा यस बर्षको सबै भद्यला बढी धनजनको क्षती भएको छ ।

आज बिहिबार बिहान करीब ९ बजे लागेको आगोका कारण सुरजपुर चिउराको सम्पूण मेशिनरी तथा घाटगद्धि गरिका समानहरु र उक्त मिलका वरीपरी रहेका खरले छाएका ४ वटा घरहरु पनि जलेर नष्ट भएका छन ।

आगलागी घटना हुना बित्तिकै बर्दिया जिल्लामा रहेका ३ वटा दमकल र नेपाली सेना, शसस्त्र प्रहरी बल र जनपद प्रहरी र स्थानिय बासिन्दा ततकाल परिचालित भई उक्त आगलागीबाट थप जनधन क्षती हुनबाट जोगाइएको शसस्त्र प्रहरस् बलका सूचना अधिकारीद्धारा जारी सूचना नोटमा जानकारी दिइएको छ । हाल उक्त आगलागी पूर्या नियन्त्रणमा लिइएको र घटनाको सम्वन्धी निकायबाछ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । आगलागी नियन्त्रणकालागि अभ्यासमा आधारित कृतिम घटनाको समाचार !