हिंसा खप्न नसकेर कर्णाली नदिमा हामफालेर आत्म दाह गरेका दुई छोरीको शव भेटियो, आमा सहित तीन अझैँ बेपत्ता

फोटो: अन्नपूर्णपोष्ट लिइएको हो ।

२६ फागुन,दैलेख / नेपालमा महिलाको सुरक्षा,सम्मान रोजगार समृद्ध नेपालको आधार मुल नाराका साथ नेपालमा अन्र्तराष्ट्रिय नारीदिवस मनाई रहेको अवस्थामा दैलेखमा भने घराइसी हिसाको पिडा थेग्न नसकेर आफना परान भन्दा प्यारा लालाबाला बच्चाहरु सहित एक नारीले कर्णाली नदिमा हाम फालेर आफुलार्य परेको पिडाबोध योग्य हिंसाको बिर्सजन गर्न बाध्य हुनुपरेको छ ।

घटना बिवरण अनुसार सोमबार दैलेखको आठविस नगरपालिका वाड नम्बर ३ निमाईल बस्तीका एउटै घरका आमा सहित ५ जनाले कर्णाली नदीमा हाम फालेर बाध्यात्मक मुत्यूवरण अगाल्न पुगेका छन।

३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल, ५ वर्षीया रजनी बडुवाल, छोरीहरु १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवाल सहित ५ जना नदीमा हाम फालेको स्थानिय बासिन्दाको जानकारीका आधारमा प्रहरीले जानकारी दिएको छ।

नदिमा हाम फालेका मध्ये सोमबार दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानरकाी दिनुभएको छ।
श्रेष्ठले १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडानम्बर ४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटेर सनाखत भइसकेको जानकारी दिनुभएको छ।

३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छन्। आज बुधबार सम्म पनि गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य भईरहेको छ।

मृतकका श्रीमान् मानसिंह बडुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ।

सोमबार बिहान घरबाट हिडेका ५ जना परिवार माईतमा नभेटिएपछि आफन्तले खोजतलास गरेको आठविस नगरपालिकाकी उपप्रमुख दिपा बोहराले बताउनुभएको छ।

स्थानिय बासिन्दाको भनाईलाई उधृत गदै श्रीमानले दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने झै–झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेका हुन सक्ने उपप्रमुख बोहराले बताउनु भएको छ ।