बालेमुन्नाका बाबुछोराले मिडिया र पिडित पक्षसंग आममाफि मागे,घटनामा नदोह–याउने प्रतिबद्धता

तस्विर: घटनामा सम्वन्धी बाले मुन्ना र निजका छोरा सत्रुहन कसौधन गुप्ता पत्रकार सम्मेलनको क्रममा

१३ फागुन, नेपालगञ्ज/ नेपालगञ्जको न्यूरोड स्थित बालेरमाशंकर ज्वलर्स पसल भित्र गत बुधबार नेपालगञ्ज उप महानगरपालीका वडा नम्बर ५ निवासी नमि श्रेष्ठ माथी पसल सञ्चालकहरु रमाशंकर कसौधन गुप्ता र निजका छोरा सत्रुहन कसौधन गुप्ताले गरेको अनैतिक तथा दुरब्यवहार प्रति पिडित पक्षहरुसंग सार्वजनिकरुपमा आम माफी माग्नुभएको छ ।

गत बिहिबार पसलमा आउनुभएकी नमि श्रेष्ठसंग लेनदेनकै बिषयलाई लिएर बिवाद भएको र आवेशमा आई सामाजिकरुपमा अनैतिक तथा दुरब्यवहार भएकोले दुबै जना वडा प्रहरी कार्यालयमा उपस्थित भएर अब आइन्दा यस्ता घटना नदोह–याउने भन्दै हात जोडेर सबैको सामुन्य पिडित नमि श्रेष्ठ  पक्षसंग माफि मागेकोले एक पटकलाई माफि दिइएको पिडित नमि श्रेष्ठले हाम्रो संरचना डट कमलाई बताउनु भएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले शनिबार पिडित र पिडक दुवै पक्षहरु उपस्थित गराएर आपसी छलफल गरेको र पिडक पक्षका बालेमुन्ना र सत्रुहन कसौधन गुप्ताले माफि मागेर आइन्दा यस्तो घटना नदोह–याउने लिखित प्रतिबद्धता जनाएकाले पिडक पक्षहरुले माफि दिएर उक्त घटना आपसमा मिलेर गएको जानकारी दिनुभएको छ ।

त्यसैगरी उक्त समाचारका बिषयलाई लिएर रमाशंकर कसौंधन र निजका छोरा सत्रुहन कसौधन गुप्ता समेतले पत्रकार सम्मेलन गरि समाचारमा उल्लेख गरिएका बिभिन्न घटना र तथ्याड.को समाचारले गर्दा आफुहरुलाई भएको तनाव र आवेशका कारणले पत्रकारले पैसा माग्न आएको भनेको र त्यसै आधारमा एउटा पत्रिकाले हाम्रो संरचना अनलाईन पत्रिकाका सम्पादकको मन मर्दन हुनेगरि समाचार प्रकाशित गरेकोमा सार्वजनिक रुपमा आफ माफि माग्दै आगामी दिनमा यस्तो गल्ती नहोह–याउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

बिहिबार हाम्रो संरचना अनलाईन प्रकाशित समाचार भएपछी समाचारमा उल्लेख बिषय झुटो भएको भन्दै बिभिन्न पत्रकार तथा ब्यक्तीहरुकोमा धाएकोमा केही पत्रकारहरुले पनि समाचार प्रकाशित बिषय बस्तुहरु झुटा भएमा सम्वन्धीत संस्था वा ब्यक्ती संग लिखितरुपमा प्रमाण सहित खण्डन गरिदिनुपर्ने पत्रकार आंचार सहिता प्रेस कानुनी ब्यवस्था रहेको जानकारी दिनुपर्नेमा पत्रकार सम्मेलन गर्न सल्लाह दिएकाले त्यसो गरिएको बताएका छन ।

पत्रकार सम्मेलन गर्न सल्लाह दिएकै आधारमा अनलाईनमा प्रकाशित समाचारबाट आवेश र तनाबमा भएकोले समाचार प्रकाशित गर्ने संस्था र ब्यक्तीको बिषयमा सार्वजनिकरुपमा बिभिन्न शब्दहरु मुखबाट निस्किएको बताउदै आफुहरुबाट आइन्दा गल्ती नदोहरिने भन्दै माफि मागेका छन ।
समाचारमा उल्लेखित महिला माथी गरिएको दुरब्यवहारका बिषयमा सम्वन्धीत पक्षसंग माफि मागी सकेको, पत्रकारलाई बिभिन्न ब्यक्ती र ठाउंमा पैसा मागेको आवेशमा गलत बालेकोले माफि दिन आग्रह गर्दे बैंकमा अकुत सम्पतीका बिषयमा अकुत सम्पती नभएको र धेरै बर्ष पहिला साख्खै बहिने मारेको बिषय गलत समाचार भएको लगायतका समाचारको खण्डन गरिदिन आग्रह गरेकोमा रमाशंकर कसौधन गुप्ताको स्वास्थ्य स्थितीलाई समेत ख्याल गर्दे उक्त समाचारमा खण्डन गरिएको छ भने समाचार वा अन्य कुनै बिषयमा पत्रकारले भेटन खोजेमा सहजै उपलब्ध हुने गरि र सबैसंग समाजिकरुपमा मिलेर सभ्य ब्यवहार गर्ने पनि प्रतिबद्धता बालेमुन्ना पक्षले गरेका छन ।