कालिकोटमा म्यादी प्रहरीको २९ लाख खान खोज्दा दोहरो झडप,एकको हत्या केही घाईते,अधिकांस ठाउंमा म्यादी प्रहरी लाई सम्मान

७ पुस, कालीकोट/ कालिकोट र दोलखा जिल्लामा म्यादी प्रहरी माथि गोली र लाठी प्रहारका समाचार आइरहेका बेला काभ्रेपलान्चोकमा भने सम्मान र नगद पुरस्कार सहित म्यादीलाई बिदाई गिरिएको छ । 

कालिकोटमा आफ्नो तलब कटौती गरिएकोमा विरोध जनाउँदा एक जना म्यादी प्रहरी को टाउंकोमा गोली हानी हत्या भएको छ भने केही घाईते भएका छन ।  दोलखामा पनि केही सामन्य झडप भएको छ  । काभ्रेमा भने उत्कृष्ट काम गरेको भन्दै ४ जना म्यादी प्रहरी नगद सहित सम्मानित भएका छन् ।

त्यसै गरि अन्य जिल्लमा निर्वाचनमा रात- दिन खटेर उत्कृष्ट काम गरेको बन्दै बिदाई समारोहको आयोजना गरि सम्मान प्रमाणपत्र सहित बिदाई गरिएको छ । काभ्रेमा १५ सय १६ म्यादी प्रहरी कार्यरत् थिए । उनीहरुलाई सम्मानका साथ बिदाई गर्दा परिवारका सदस्य छुटेको जस्तो अनुभुति भएको बताए ।

तर कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीचको झडपले उग्र रुप लिदा कालीकोट झन तनावग्रस्त बनेको छ । आफ्नो तलव कटाइएको भन्दै आनदोलनमा उत्रिएका म्यादी प्रहरी र जनपद प्रहरी बीच झडप हुदा  प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

कालीकोट ,शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको हो । ऐडीको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।

म्यादी प्रहरीले तोकिएको तलब नपाएपछी म्यादी प्रहरीले बिरोध जनाएका थिए  । विवाद बढदै जादां प्रहरीले गोली चलाउदा जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका बिबेक ऐडी मुत्यू भएको थियो ।

दोहरो झडपमा गोली लागेका  बिबेकलाई पत्रकार, नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा कालीकोट जिल्ला अस्पताल अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभाष शर्माले बताउनु भएको छ ।

कालीकोटका म्यादी प्रहरी

जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए । दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र प्रहरीवीच दोहोरो झडप भएको थियो ।

झडपका क्रममा प्रहरी कार्यालयमाथि म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमा चोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् ।

यता प्रहरीले भने बाध्य भएर गोली चलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी सुभास चन्द बोहोराले कार्यालयमै आक्रमण गरेपछि बाध्य भएर गोली चलाएको बताएका छन । स्रोतका अनुसार म्यादी  प्रहरी रु ३ हजार काटेर दिन खोज्दा उक्त घटना भएको प्रहरी स्रोतले बताएको छ ।

पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि छनोट भएका म्यादी प्रहरीहरुलाई निर्वाचन सुरक्षामा खटाइएको थियो । त्यसपछी केहीलाई दोस्रो चरण्को निर्वाचनमा परिचालन गरिएको थियो ।

कालिकोटका म्यादी प्रहरीहरुलाई गत कार्तिक १२ गते भर्ना गरिएको थियो  । १ सय ५४ महिला तथा ८ सय १९ पुरुष गरी जम्मा ९ सय ७३ जना म्यादी प्रहरी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाधलि रहित तरीकाले सम्पर्क गर्न अन्य सुरक्षा निकाय जस्तै जिम्मेवारी बनाउने मुख्य उद्देश्यका साथ परिचालन गरिएको थियो।

भौगोलिक विकताका साथै सुरक्षाका दृष्टिकोणले कालिकोट जिल्ला संवेदनशिल जिल्लामा पर्दछ ।  कालिकोटमा ९९ मतदानस्थल र १ एक सय ९ मतदान केन्द्रहरु रहेको अधिकाशं निर्वाचन केन्द्रहरु सवेदनशिल रहेक थिए । संवेदनशिल मानिएका केन्द्रहरु विशेष सुरक्षा नेपाल प्रहरी, म्यादीप्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई सुरक्षाका लागी खटाईएको थियो ।

९ सय ७३जना म्यादी प्रहरीको प्रति म्यादी रु ३००० कादरले करीब २९ लाख  कालीकोट जिल्ला प्रहरीबाट काटेर खान खोजेकाले उक्त घटना भएकाले पैसा कटौतीले घटनाको भएकाले उक्त घटनाको निश्पष छानबीन गरी दोषीलाई कार्यबाहीको दायरामा नल्याए यस्ता घटना आगामी दिनमा नदोहरिएलान भन्न सक्निन् ।