दैलेख र सुर्खेतमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

१२ मंसिर,दैलेख/ दैलेख र सुर्खेतमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दैलेख ठाटिकाध गाउँपालिका वडा नम्बर३ सुईयामा भे.१ च २२०७ नम्बरको जिप बुधबार बिहान सडकबाट खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जिपमा सवार दैलेख ठाटिकाध गाउँपालिका वडा नम्बर३ सुईया बस्ने ४५ वर्षीय राजेन्द्र शाही र २४ वर्षीय निर्मल बमको घटनास्थलमै तथा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चालक ३० वर्षीय रमेश शाही, ४६ वर्षीया रत्ना शाही र २६ वर्षीय दिलिप शाहीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका अन्य ३ जनाको उपचार भइरहेको छ ।

त्यसैगरि सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका- वडा नम्बर ४ जुनेभीर स्थित गगने भन्ने ठाउँमा सडकमा भे.८ प ३४२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान  सडक बाट झण्डै ८० मीटर तल खोलामा खसेको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटना हुँदा मोटरसाइकल चालक जाजरकोट शिवालय- ९ डाँडा बस्ने ३६ वर्षीय महेन्द्र बहादुर चन्दको घटनास्थलमै मृत्यु भएको छ ।  यस सम्बन्धमा स्थानीय प्रहरीले उद्धार कार्य एबंम आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मृतक भेट्न आउदै गरेको ट्रेक्टर पनि सोही ठाउँमा दुर्घटना २२ जना घाइते

तक भेट्न आउदै गरेको ट्रेक्टर पनि सोही ठाउँमा दुर्घटना हुदा ट्रैक्टरमा घाइते

मृतक भेट्न आउदै गरेको ट्रेक्टर पनि सोही ठाउँमा दुर्घटना हुदा ट्रैक्टरमा सवार २२ जना घाइते भएका छन । घाइते मध्य ३ जनालाई मेहल कुना र १९ जनालाई कोहलपुर मेडिकल कल्लेजमा उपचारको लागि पठाईएको इलाका प्रहरी छिन्चुका इन्चार्ज निरज चौलागाई ले जानकारी दिनु भएको छ ।