आज क्रिसमस डे का लागी सार्वजनिक बिदा

१० पुस,नेपालगञ्ज/  इसाई धर्मावलम्बीहरको आज डिसेम्बर २५ तारिकका दिन क्रिसमस डे मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा डिसेम्बर २५ तारिखमा क्रिसमम डे मनाउने गरिएको छ ।  

नेपालमा  निम्न बर्गिय समाजका बिभिन्न दलित तथा थारुहरुको बढि धर्मपरिवर्तनले गर्दा १२ हजार भन्दा धेरै चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालले जनाएको छ । क्रिसमस डे को अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा पनि दिएको छ ।