पोखराबाट जोमसोम उडेको तारा एयरको प्लेन क्रयास !

१५ जेष्ठ नेपालगञ्ज / आईतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमको लागी उडेको जहाज  ल्यापसे डाँडामा क्रयास भएको आशंका गरिएको छ ।

पोखराबाट जोमसोम उडेको तारा एयरको 9NAET कल साइन भएको टि्वनअटर विमान आईतबार बिहान११ बजे सम्म सम्पर्क विहीन भएपछि खोज तलास सुरुवात गरिएको छ ।

१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको हो । जहाजमा क्याप्टेन प्रभाकर प्रशाद घिमिरे, उत्सव  पोख्रेल र किस्मी थापा ३ जना चालक दलका सदस्य रहनुभएको छ।

जहाज क्रयास भएको स्थान तिर सुरक्षाकर्मि परिचालित गरिएको छ ।

जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ ।