सुन तस्करकाआरोपीहरुको रिट सर्वोच्च दवारा खारेज

तस्बीर फाइलबाट : ३३ केजीपछी चाइनाबार नेपाल तर्फ तस्करीको क्रममा प्रहरीले पक्राउ गरेको ८८ केजी सुन पक्राउ गरेको तस्बीर

  १२ पुस,नेपालगञ्ज/ करीब एक बर्ष अघि २०७३ साल पुस २० गते काठमाडौंको त्रिभुवन विमानस्थलबाट  ३३ केजी सुन तस्करीमा संलग्न आरोपीहरूले सर्वोच्च अदालतमा हालेको बन्दी–प्रत्यक्षीकरण रिट सर्वोच्च दवारा खारेज  गरेको छ ।

तस्करीमा कार्यमा संलग्न आरोपीहरूले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएकोले थुनामसक्त गर्न भन्दै  भन्दैसुन कारोबारी रामहरि कार्की, भन्सारका कर्मचारी श्रीनारायण यादव, तस्करीको सुन व्यवस्था मिलाएको अभियोग लागेका दिलबन्धु थापा, कारोबारी सन्तोष काफ्ले तथा एक्सरेमा बस्ने भन्सार कर्मचारी राजकुमार ढकालले सर्वोच्च अदालतमा बन्दी–प्रत्यक्षीकरण रिट  निबेदन दर्ता गरेका थिए ।

सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सुन तस्करीमा संलग्नलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा राख्न दिएको आदेश कानुन बमोजिम भएको ठहर गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० पुस २०७३ मा दुई सय ८२ थान सुनको बिस्कुट ९३२८९२।४८ ग्राम० र ६८४।९२ ग्राम सुनको गहना गरी जम्मा ३३ किलो ५७७।४ ग्राम सुन बरामद भएको थियो, जसको मौद्रिक मूल्य १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैयाँ ६६ पैसा हुन आउँछ।

प्रहरी अनुसन्धान केन्द्रले सुन बरामद गरेपछि प्रतिवादी उपर भन्सार ऐन, २०६४ को दफा ३८ को कसुरमा कुल बिगो १६ करोड ८२ लाख ८८ हजार ७ सय रुपैयाँ ६६ पैसा कायम गरी ऐ। दफा ५७९१० बमोजिम बिगोअनुसार जरिवाना हुन र ऐ।दफा ५७९१०९च० बमोजिम पाँच वर्षसम्म कैद हुने माग दाबी गरेको छ ।

२२ फागुन ०७३ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा अभियोगपत्रसाथ पेस भएका १२ जना प्रतिवादीको बयान र वादी/प्रतिवादीको तर्फबाट बहस भएपछि अदालतले गत चैत ४ गते अनुसन्धान पश्चात् अदालतमा मुद्दा दायर गरेपछि जिल्ला अदालतले संलग्न सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

सुन तस्करीको अभियोगमा पक्राउ परेका मध्ये एसएसपी श्याम बहादुर खत्री, भन्सारका कर्मचारी श्यामकृष्ण श्रेष्ठ लगायतलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरूविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको रिट सर्वोच्चमा विचाराधीन छ । निराजन पौडेलले नयाँ पत्रिकामा समाचार लेख्नुभएको छ ।