अदालतको अवहेलना मुद्दामा डा. गोविन्द केसीलाई अदालतमा उपस्थित,पक्राउको विरोधमा प्रदर्शन,के सजाय हुन सक्छ ?

२५ पुस,२०७४ काठमाडौं/ अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

डा. केसीले अदालतको अवहेलना आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको लगत्तै डा. केसीलाई अनसनस्थलबाटै सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।  

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो । उक्त रिटको सुनुवाई गदै डा. गोविन्द केसीलाई पक्राउ आदेश दिएको थियो ।

डा. केसीलाई पक्राउ गरेको विरोधमा  माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, नेपाली कांग्रेसका नेता गगन थापा लगायतका नेताहरु पनि सहभागी भएका छन्।

प्रदर्शनका सहभागीले केसीको पक्राउको विरोध गर्दै नाराबाजी गरेका छन्। उनीहरुले आफूहरुलाई पनि पक्राउ गर्न आग्रह गर्दै प्रदर्शन गरेका छन्। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले डा. केसीलाई पक्राउ गर्नुको पछाडि ठूलो षड्यन्त्र भएको बताए।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले डा. केसीले न्यायालयमाथि लगाएको आरोपको छानबिन हुनुपर्ने माग गरे।  अदालतको अवेलना गरेको भन्दै सर्वोच्च अदालतको आदेशमा प्रहरीले सोमबार डा. केसीलाई त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो।

सर्वोच्च अदालतले आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा. शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसी त्यस आदेशको विरोधमा सोमबारदेखि अनशनमा बसेका थिए। उनले प्रधानन्यायाधीश भ्रष्ट रहेको लगायतका आरोप लगाएपछि सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको भन्दै मंगलबार ९ बजे अदालत पेश गर्न आदेश दिएको थियो।

नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीलाई अदालतको अवहेलनाको मुद्दा लाग्छ भने आफूलाई पनि लगाउन चेतावनी दिएका छन्। डा. केसी पक्राउको विरोधमा मंगलबार काठमाडौंको माइतीघरमा आयोजित विरोध कार्यक्रममा बोल्दै नेता थापाले आफू केसीको पक्षमा रहेकाले मानहानीको मुद्दा लगाउन चेतावनी दिएका हुन्।

‘अदालतको बारेमा मात्रै होइन, कसैको विरुद्धमा नबोल्ने वातावरण थियो। राजा विरुद्धमा यसैगरी आन्दोलन गरिएको थियो। त्यतिबेला पनि राजद्रोहको मुद्दा लगाएर यसैगरी प्रकाउ गरिएको थियो’ उनले भने ‘श्रीमान डा. केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी मुद्दा लगाऊ।’ डा. केसीको आन्दोलन सबै नेपालीको माग भएको भन्दै नेता थापाले उनलाई तत्काल रिहाइ गर्न माग गरेका छन्।

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशमा प्रहरीले सोमबार त्रिवि शिक्षण अस्पतालका डा. गोवन्द केसीलाई पक्राउ गरेपछि मंगलबार त्यसको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। उक्त प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलगायतका नेताहरु पनि सहभागी छन्।

अदालतको अपहेलना मुद्दामा कानुनमा व्यवस्था के छ ? 

न्याय प्रशासन ऐन, २०७३ मा अदालतको अपहेलना सम्बन्धी मुद्दामा अदालतको अपहेलना मुद्दामा दोषी ठहर हुने व्यक्तिलाई एक वर्ष जेल सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै अरु उपयुक्त कारवाही गर्न सक्ने व्यवस्था पनि ऐनमा छ ।

तर दोषीले अदालतलाई चित्त बुझ्ने गरी माफी मागेमा कारवाही मुद्दा तामेलीमा राख्न सकिने पनि ऐनमा उल्लेख छ । यस्तै दोषी ठहर भइसकेपछि पनि दोषीले अदालतलाई चित्त बुझ्ने गरी माफी मागेमा कारवाही रोक्न सकिने ऐनमा व्यवस्था गरिएको छ ।

डा. केसीले आफूले अदालतमाथि लगाएका आरोप आरोपमात्र नभई यथार्थ रहेको भन्दै कुनै पनि हालतमा पछि नहट्ने अडान लिइरहनु भएको छ । त्यसैले उहाँले माफी माग्ने संभावना न्युन छ । डा. केसीले माफी नमागेमा सर्वोच्चले यहि ऐनमा भएको व्यवस्था अनुसारकै सजाय सुनाउने छ ।