कैलालीको बौनिया स्थित जेसिजको नव निर्मित भवन उदघाटन

 दिनेश पाण्डे,८ माघ,बौनिया/  कैलाली जिल्लाको बर्दगोरीया गाउपालीका २ सडकपुर बौनियामा सोमबार एक कार्यक्रमका बिच बौनिया जेसिजको नव निर्मित भवन उदघाटन गरिएको छ ।

शासन व्यक्तीको होइन विधिको हुनुपर्छ भन्ने मुल नारा भएको जेसिजको बौनियामा सन् २०११ मा स्थापना गरीएको थियो । बौनिया जेसिजको नव निर्मित भवनको उदघाटन बर्दगोरिया गाउपालीका अध्यक्ष बलिराम डगौरा थारु र नेपाल जेसिज बर्ष २०१८ का अध्यक्ष  श्रीधर बस्यालले संयुक्त रुपमा गर्नुभएको हो । 

वर्ष २०१७ का कार्यकारिणी उपाध्यक्ष हरि प्रसाद अधिकारिको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रम मा बर्दगोरिया गाउपालिका वडा १ का वडा अध्यक्ष जयरुप खतिवडा ,२का अध्यक्ष भिखु चौधरी , ५ का अध्यक्ष स्याम कुमारी चौधरी , ,सस्थापक अध्यक्ष लिला जङ शाही ,बर्दगोरिया गाउपालिका नेपाली काङ्ग्रेस सभापती गणेश शाही , बौनिया जेसिज बर्ष २०१४ का अध्यक्ष भुमी प्रकाश बम ,२०१६ का अध्यक्ष शिवराज कुवर,असायका लागि सहयोगी हातहरु नेपालका अध्यक्ष बल बहदुर बिष्ट ,जगत तारा इङलिस बोर्डिङ स्कुलका प्रिन्सीपल रोशन बोहरा लगाएतकाले शुभकामन मन्तव्य राख्नु भएको थियो ।

बर्ष २०१७ का सचीव राजेन्द्र रावलले आस्था पाठ गरेको समारोह मा भवन निर्माण गर्नका लागि सहयोग गर्ने सहयोगी हातहरुलाई दोसल्ला तथा सम्मान पत्र दिएर सम्मान गरिएको थियो । बौनिया जेसिज बर्ष २०१७ का अध्यक्ष कृष्ण विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बर्ष २०१७ का महासचिव इन्द्र राज खतिवडाले सन्चालन गर्नु भएको थियो ।साथै बौनियाका विभिन्न बिधालय का विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।