बोलेरो जिप दुर्घटना: ३ जनाको मृत्यु १० जना

५ माघ, सिन्धुपाल्चोक / सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्वर ६ स्थित अरनिको राजमार्गमा बिहीबार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा १ च ९९५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुदाँ घटनास्थलमै १ जनाको ज्यान गएको थियो भने  अन्य दुई जनाको उपचारको क्रममा मत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चमान बाखुले जानकारी दिनुभएको छ ।

दुर्घटनामा बाह्रविसे नगरपालिका–८ मानेश्वाराका गोमा तामाङ, सोही ठाउँको पासाङ तामाङ र बाह्रबिसे नगरपालिका–९ की समीक्षा गुरुङको मृत्यु भएको हो। जिपमा १३ जना सवार रहेकोमा अन्य १० जना गम्भीर घाईते भएकाले काभ्रेको धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा  उपचार भइरहेको छ।