६६औं अन्तराष्ट्रिय भन्सार दिवस : “आर्थिक बिकासका लागि सुरक्षित ब्यवसायिक वातावरण”

 

१२ माघ,नेपालगञ्ज/ “आर्थिक बिकासका लागि सुरक्षित ब्यवसायिक वातावरण” भन्ने मुख्य नारा सहित शुक्रबार नेपालगञ्ज स्थित नेपालगञ्ज भन्सार कार्यालयले ६६औं अन्तराष्ट्रिय भन्सार दिवस मनाएको छ ।

राज्यको मेरुदण्ड मानिने राजश्वका नेपालगञ्ज स्थित सबै निकायका अधिकारहिरुको उपस्थितीमा नेपालगञ्ज भन्सार कार्यालयले आफनो ६६औं अन्तराष्ट्रिय दिवस मनाएको हो।

अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा बांकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.ले भन्सार नेपालकोराजश्वको स्रोत भएको र नेपालको बार्षिक १२७८ बजेट राजश्व उठाएर नै खर्च गर्ने गरिएकोमा अब संघियतामा मुलुक गएकाले खर्च गर्ने निकाय पनि बढिरहेकाले आयको स्रोत र दायरा पनि बढाउनु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

मुलुकको १२ सय ७८ अरबको बजेट मध्य ७३० अरब राजश्वबाट उठने गरेको र त्यसमा ८ अरब राजश्व नेपालगञ्ज भन्सार कार्यालयले उठाउने गरी कार्य गरिरहेमा अझ यसलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।  प्रजिअ केसीले राज्यको ५० प्रतिशत बजेटको स्रोत रहेको भन्सार राजश्वलाई नजर अन्दाज गरेर जान नसकिने भएकाले यसलाई समय अनुकुल परिमार्जन गदै चुस्त-दुरुस्त गर्न जरुरी रहेको बिचार ब्यक्त गर्नुभयो।
भन्सारमा निकै चुनौती र जटिलता रहेकाले त्यसलाई राज्यका सबै अंगहरु मिलेर अझै भन्सारका सेवा र सुबिधालाई चुस्त दुरुस्त राख्न सबैले ध्यान पु–याउन केसीेले आग्रह गर्नु भयो ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन शर्मा आर्चायले नेपालको आर्थिक विकास र समृद्धिका लागी नेपालका उद्योग, धन्दा, कल–कारखानाहरु सुरक्षित भएमा राष्ट्र विकासमा टेवा पुग्ने बताउनु भयो ।
भन्सार दिवसको अवसरमा नेपालगञ्ज भन्सार कार्यालयले यस बर्ष बिभिन्न रचनात्मक क्रियाकलाप गदै मनाएकोमा त्यसमा सहभागी उद्योगी, ब्यापारी, कर्मचारी एवम भन्सार दिवसको अवसरमा पुरस्कृतहरुलाई बधाई दिदै सबै तह निकायले आ–आपनो दायित्व इमान्दारिताका साथ निर्वाह गर्न आग्रह गर्नु भयो । 

नेपाल राष्ट्र बैक,नेपालगञ्जका निर्देशक गुरु पौडेल मुलुक महगो राज्य ब्यवस्था प्रणालीमा जादै गरेको अवस्थामा त्यो महगाई थेग्न पनि राजश्वका सूोत र साधनका साथै राज्यमा उत्पादन गरि बस्तु निकासी गर्ने र राजश्वका दायराहरु फराकिलो पार्न जरुरी रहेको बिचार ब्यक्त गर्नुभयो भयो ।

निर्देशक गुरु पौडेलले अब बर्षे देखी बिभिन्न बहानामा बिभिन्न बित्तिय संस्थाहरुमा कालो धनलाई सेतो बनाउने गरिएको र त्यस्ता बित्तिय संस्था र ब्यक्तीले कमाएको कालोधनको बारेमा सहि सुचना तथा योगदान दिएर, बित्तिय पारदशितामा योगदान पु–याउन सबैलाई आग्रह गर्नु भयो ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठ निजी क्षेत्र र राज्यका निकाय एक अर्काका परिपुरक भएकाले सहकार्यमा जोड दिनु भयो ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ब्यापार–ब्यवसाय भएमा मात्र भन्सारका हुने भएको बताउदै स्वदेशी उत्पादनमा बढवा दिने,स्वदेशी समान नै उपभोग गर्ने बानी बसेमा ब्यापार घाटामा केही कम हुने भएकाले यस तर्फ सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।

अध्यक्ष बैश्यले सिमा पारी भन्दा सिमा वारी समान खरिद बिक्री गरौं, नेपाली उत्पादनको संरक्षण र सम्वर्दन गरौर त्यसको बातावरण सबैले मिलाउनु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा नेपालगञ्ज स्थित आन्तरिक राजश्व कार्यालयका प्रमुख …, कोहलपुर स्थित मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका प्रमुख कर्ण प्रशाद तिमिल्सेना , नेपालगञ्ज भन्सार कार्यालयका सुचना अधिकृत सुभाष श्रेष्ठ, शसस्त्र सिमा सुरक्षा बलका उपरिक्षक फडिन्द्र पौडेल, नेपालगञ्ज स्थित शसस्त्र प्रहरीको औधोगिक राजश्व गस्ति प्रमुख समेत सैलेन्द्र भण्डारी सहभागी रहनु भएको थियो ।

भन्सार दिवसको अवसरमा बिभिन्न् ३ जना आयात कर्ता र ३ जना निर्यात कर्तालार्य सम्मान गरिएको छ । त्यसरी सम्मान हुने आयत कर्ताहरुमा नेपाल आयल निगमको रांझा स्थित क्षत्रिय कार्यालय, सौरभ अटो इन्टरप्राइजेजका राम कुमार पाण्डे, बर्षा रिसाइक्लिंग इन्टरप्राइजेजका कन्हैया लाल बैध्यलाई सम्मान गरिको छ ।
त्यसैगरी निकासी प्रवर्दन गर्ने फर्महरु मध्य ३ वटा फर्महरु गंगा रोजी एण्ड टरपाइनटाइल प्रा.लि.का प्रोपाइ मन प्रशाद पाण्डे, सिजी बायोटेक प्रा.ली. प्रोपराइटर चेत नाथ लम्साल बंगलामुखि टरपाइनटेल रहेका छन ।

त्यसैगरी भन्सार दिवसका अवसरमा देश भरीबाट उत्कृष्ट कर्मचारी सम्मान गर्ने क्रममा नेपालगञ्ज स्थित नेपालगञ्ज भन्सार कार्यालयका सहयोगी नेत्र बहादुर गुरुगं उत्कृष्ट कर्मचारीको रुपमा सम्ममानित हुनुभएको छ ।