कैलालीको सुख्खडमा छाउपडी कुप्रथा विरुद्धको जनचेतना मुलक वृत्तचित्र विमोचन

दिनेश पाण्डे/२८ माघ,बौनिया
कैलालीको घोडाघोडी नगरपालीकाको सुख्खड स्थित रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा छाउपडी कुप्रथा विरुद्धको जनचेतना मुलक वृत्तचित्र चेतना विमोचन गरिएको छ ।
आईतबार घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीहरुका विच एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो । चेतना वृत्तचित्र फिल्म असहायका लागी सहयोगि हातहरु नेपाल र लालीगुरास सेवा समाज बहराईनको सयुंक्त पहलमा निर्माण भएको हो । वृत्तचित्र चेतनालाई कलाकार तथा निर्दशक नवराज रिमालले निर्देशन गर्नु भएको छ ।

वृत्तचित्र चेतना फिल्ममा सुदुरपश्चिम र मध्यपश्चिमका बिकट जिल्ला हरुमा अहिलेसम्म कुप्रर्थाको रुपमा जडा गाडेर रहेको छाउपडि प्रर्थालाई प्रस्तुत गरिएको छ ।
कार्यक्रमको पुर्व खेलकुद राज्य मन्त्रि मोहन सिह राठौरले पानसमा द्धिप प्रज्वलन गरी उद्घघाटन गरेका थिए । कार्यक्रम असहायका लागी सहयेगि हातहरु नेपालका अध्यक्ष बल बहादुर विष्टको अध्यक्ष्तामा भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै मन्त्रि राठौरले असाय दिन दुखिको सेवामा सदै लागी रहने बताउनु भयो । उहाले राजनिति सेवा भएका कारण आफु पदमा रहे पनि नरहेपनि यस संस्थाका हरेक क्रियाकलापमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै राठोरले विकृति, विसङगती विरुद्ध लाग्न सम्पुर्ण युवाहरुलाई आव्हान गर्नुभयो ।

कार्यक्रममा घोडाघोडी नगर उपप्रमुख प्रेम कुमारी थापा ,घोडाघोडी बहुमुखि क्याम्पसका सहायक प्रमुख भवानी प्रसाद तिवारी, पल्स टु ईन्चार्ज चेतराज विनाडी,निर्वतमान क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भटराई,घोडाघोडी बहुमुखी क्याम्पस स्ववियु सभापति जिवन विसी,लालीगुरास सेवा समाज बहराईनका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना,नेपाली देशभक्त युवा समाज टीकापुरका अध्यक्ष नारायण ढुङगाना,घोडाघोडी बहुमुखि क्याम्पस अनुसन्धान प्रमुख पुष्पराज जोशि,निर्देशक तथा कलाकार नवराज रिमाल लगाएतका अतिथि रहनु भएको थियो । 

चेतना वृत्तचित्र फिल्म को बिमोचन सँगै डोटि,डडेल्धुरा र अछाम मा प्रर्दशनका लागि ७ जनाको समुह आजै त्यस तर्फ प्रस्थान गर्नुभएको छ ।
कार्यक्रममा छाउपडि कुप्रथा सम्बन्धि भिडीयो पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा यस संस्थालाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तीलाई सम्मान पत्रले सम्मान गरिएको छ ।

संस्थाका वरिष्ट उपाध्यक्ष हरी कमल ढुङगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विकास थापाले गर्नु भएको थियो ।