प्रमाण सिसिटिभी कैद फुटेज : महिला माथी दुरब्यवहार गर्ने बालेरमा शंकर ज्वलर्सका ब्यक्तीहरुलाई हदै सम्मको कार्बाहीको माग

रमाशंकर समेतले पसलमा दुरब्यवहार गरेको प्रमाण सिसिटिभी कैद फुटेज

१० फागुन, नेपालगञ्ज/ साथी भाइ तथा चिनजानको नाताले सगै खानपान तथा उठबस भएकै भरमा हाम्रा सरकारी तथा गैर सरकारी निकायका प्रमुखहरुसंग ब्यवहारिक रुपमा नजिक हुने र त्यसकै भरमा तीनीहरुसंग मेरो राम्रो संगत छ भन्दै भजाउने प्रबृती नेपालगञ्जमा पनि केही घटनाक्रमहरुले देखाएको छ ।

सुनको कालो बजारी गरि गैर कानुनी रुपमा सर्वसाधरण उपभोक्ता ठग्ने र कहिलेकाही बिभिन्न ब्यक्तीहरुमाथी अनैतिक क्रियाकलापका घटना गर्ने भनी समाचार चर्चामा आइरहने बालेमुन्नाका बिषयमा थप जानकारी प्राप्त हुने क्रम जारी रहेको छ ।

नेपालगञ्ज न्यू रोडमा रहेको बाले मुन्ना भनी चिनिने रमाशंकर कसौंधन र निजका छोरा सत्रुहन कसौंधनले सञ्चालन गरेको बालेरमा शंकर ज्वलर्समा बुधबार दिउसै पालो-पालो दुरब्यवहार गरेको घटनाका सम्वन्धमा पनि थप विवरण प्राप्त भएको छ ।

पसलमा गहना किन्न गएका नेपालगञ्ज नगरपालीका वडा नम्वर ५ बस पार्क निवासी नमि श्रेष्ठ र निजकी बहिनी सुनको हार किन्न गएको समयमा उक्त हातपातको प्रयास तथा अनैतिक क्रियाकलाप भएको समाचार अनलार्यनमा भाइरल भएपछी रमाशंकर कसौंधन बिहिबार बिहानै पिडितको घरमा माफि माग्न पुगेको र अस्वथ्य भएको नाटक गरी फर्केका थिए ।

उक्त माफी मागेको र पसलमा पिडितलाई अनैतिक क्रियाकलाप गरेको सिसिटिभी भिडीयो पनि निजकै घाइसी स्रोतबाट हामीलाई प्राप्त भएको छ ।
सिसिटिभी भिडीयो फुटेजमा घटनामा पहिले बाबुछोरा युवतीको बिषयलाई लिएर भनाभन भएको र पछी पसलको सटर नै झारेर टाढै बसेकी युवती माथी पहिले बाउ बाले मुन्ना भन्ने रमाशंकरले हातको औला सहित जथाभाबी बोलेको देखिन्छ भने पछी छोराले गलत ब्यवहार गर्ने क्रममा भाइहरुले रोकेको देखिन्छ ।

हाम्रो संरचना डट कममा समाचार आइसकेपछी अत्तालीएका बाले मुन्ना र घटनासंग सम्वन्धीत छोराहरुले समाचार लेख्ने पत्रकार पैसा माग्न आएको र नदिएकोले समाचार छापेको भनी फेरी अर्को अर्नगल प्रचार सुरु गरेको पाइएको छ । निज ब्यक्तीहरुले पैसा तथा शक्तीहरुसंगको सम्वन्धको क्रममा असामाजिक ब्यवहार गर्ने क्रममा पसलमा धेरै ब्यक्तीहरुलाई त्यस्तो ब्यवहार गरिसकेको समाचारमा कमेन्टहरबाटै पनि जानकारी प्राप्त भइरहेको छ ।

बुधबार प्रकाशित समाचारका बिषयमा पिडकहरुका पक्षबाट समाचार झुटो भएको र पत्रकारले पैसा नपाएपछी लेखेको हो भन्ने कुतर्क गर्न सुरु गरेपछी नचाहदा नचाहदै पनी पिडित स्वयम बाध्य भएर सार्वजनिक भएर अनलाईनका प्काशित समाचार फेसबुक पेजमा आफनो घटनाको सक्षिप्त घटना विवरण उल्लेख गर्नुपर्ने बाध्य पिडितहरुले पारेका छन ।

समाचार प्रकाशित भएपछी पनी पिडित पक्ष ब्यस्त रहेको अवस्थामा शुक्रबार केही लोभी र खन्चुवाहरुको आड र सल्लाहमा १२ बजे त्रिबेणी होटलमा पत्रकार सम्मेलनमा आइदिन बालेबुन्ना नाम गरेका ब्यक्ती आफैले फोन गरि बोलाएका छन ।
त्यस्ता गलत ब्यक्तीहरुलाई सामाजिक रुपमा दुरुत्सान गर्नुपर्नेमा बिभिन्न क्षेत्रबाट आवाज उठेरहेको छ भने अर्कोतिर पिडित पक्षले आफुलाई हदै सम्मको दुर ब्यवहार भएकाले त्यस्ता ब्यक्तीलाई हदै सम्मको कार्बाहीको माग गरेकी छन ।