रोल्पा प्रहरीद्वारा २ महिला सहित ९ किलो ८ सय २० ग्राम अफिम पक्राउ

६ असोज, रोल्पा / रोल्पा जिल्ला थवाङ गाउपालिका वडा नं.२ छेर्लावाङ स्थित छेर्लावाङ गोरेटो बाटोमा अवैध लागु औषध ९ किलो ८ सय २० ग्राम अवैध लागु औषध (अफिम) सहित २ जना महिलालाई रोल्पा प्रहरी ले पक्राउ गरेको छ ।

लागु औषध (अफिम) ओसारपसार भई रहेको छ भन्ने गोप्‍य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी टोली खटीएको छेर्लावाङ गोरेटो बाटोमा शंकास्पद अवस्थामा झोला बोकी हिडि रहेका २ जना महिलाहरुलाई रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पा जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा रोल्पा थवाङ गाउँपालिका वडा नं.२ ठुलोगाउँ बस्ने बर्ष ४५ की मुली झाक्री मगर र निजले बोकेको झोला भित्र सेतो प्लाष्‍टिकमा बाँधी ६ वटा पोका बनाई अवैध लागु औषध (अफिम) ४ किलो ९ सय ३५ ग्राम त्यसैगरी जिल्ला रोल्पा थवाङ गाउँपालिका वडा नं.२ ठुलोगाउँ बस्ने बर्ष ३५ की विनज्योती रोकामगरले बोकेको झोला भित्र सेतो प्लाष्‍टिकमा बाँधी ६ वटा पोका ४ किलो ८ सय ८५ ग्राम,बिभिन्न सिक्काहरु थान-१०,तौल गर्ने ढक थान-१,तौल गर्ने तराजु थान-१, दुवै जनाबाट पक्राउ गरेको  छ ।
पक्राउ परेका दुवै जना व्यक्तिहरूबाट ९ किलो ८ सय २० ग्राम अफिम रहेको र दुवैजनालाई पक्राउ गरि लागु औषध (नियन्त्रण) ऐन २०३३ अर्न्तगत लागु औषध (अफिम) सम्बन्धी कसूर मुद्दामा सम्मानित रोल्पा जिल्ला अदालतबाट म्यादथप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भई रहेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।