सुदुरपश्चिम आन्तारिक मामिला मन्त्री सिह चढेको गाढी दुर्घटनामा

दुर्घटनामा परेको मन्त्रीको गाठी

नेपालगञ्ज ५ असार / मंगलबार बिहान धनगढीबाट बझाङ्गको चैनपुर तर्फ गईरहेको सुदुर पश्चिम आन्तारिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिह परिवार चढेको ००१ झ ४८० नम्बरको जिप दुर्घटना हुदा मन्त्री पृथ्वी बहादुर सिह र निजकी श्रीमती अमृता देवी सिंह र उहाँको भाउजु नाता पर्ने १ जना सहित ३ जनाको मृत्यु भएको छ ।

मंगलबार बझाङको धार्छडा-वागथला सडक खण्डमा सडकबाट करिब १ मिटर तल खसेर सिह चडेको गाडी कच्याक  कुचुक भएर दुर्घटना हुँदा गाढीमा सवार मन्त्री पृथ्वी बहादुर सिह र निजको परिवारको उद्दारका लागी नेपाली सेनाको हेलीकोप्टरबाट वीरेन्द्रनगर सुर्खेत हुदै बाँकेको कोहलपुरमा  उद्दार गरिएको थियो ।

घटनामा परिवारका ४ जना सदस्य र ड्राइभर सहित सानो जिपमा बझाङ्गको पृथ्वी नगरपालिका वडानम्बर १ घर तर्फ जाने क्रममा मंगलवार दिउसो सडक दुर्घटना भएको हो ।
घटनामा मृत्यु भएको मन्त्री सिंहको श्रीमती अमृता देवी सिहको शव सुर्खेतमा राखेर मृत्यु घोषणा नगरिनु भएका मन्त्रि पृथ्वी बहादुर र अन्य गम्भिर घाईतेलाई उपचारको लागी कोहलपुर स्थित मेडिकल कलेजमा सेनाको हेलीकोप्टर द्वारा पुर्‍याएको छ

सम्बन्धित शीर्षक