धनकुटामा केटा-केटा बीच अनौठो बिवाह: केटी भनेर भगाएर बिवाह गरेको बिवाहपछी…… दुलही केटा नै भएपछी दुलहा लाज र बेईज्जत हुने डरले घटना गुपचुप राख्न बाध्य

दुलही बनेर आएका केटाका साथमा दुलाह पनी, फोटो: सिन्धुली अनलाईन

१८ बैशाख, धनकुटा/ सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका हुन् ।  अनुहार हेर्दा युवती जस्तो देखिने ती युवक केही समय अघि विपिन बैदेशिक रोजगारीका शिलसिलमा भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुवीच चिनजान भएको थियो । राजकुमारले केटी जस्तो बनेर बिपिनसँग सम्बन्ध बिस्तार गरे । बिपिन स्वदेश फर्किएपछि उनीहरुले भागी बिबाह गरेका हुन ।

तर, बिबाह गरेर ल्याईएको मान्छे केटा हो भनेर बिपिनले विवाह पश्चात मात्र पत्तो पाए । गाउँलेले थाहा पाउँदा बेईज्जत हुने डरले गुपचुप बसेको बिपिन बताउँछन् । आफुहरुवीच आर्थिक लेनदेनको बिषय रहेकाले त्यो टुंग्याएपछि छुट्ने तयारी गरेको बिपिनको दावी छ ।

दुलही बनेर आएका राजकुमार केटीको कपडा लगाएर बस्ने गर्थे । स्वर पनि केटीको जस्तै बनाएर बोल्ने गरेका थिए । लामो कपाल पालेर केटी जस्तै देखिने उनी छिमेकीहरुसँग पैसा सापटी माग्दै हिड्ने गरेका थिए । तर, भोजपुर स्थित घरबाट खोजि भएपछि उनी केटी नभई केटा हुन् भन्ने कुराको पर्दाफास भएको हो । राजकुमारले अर्कै केटीसँग बिबाह गरी डेढ बर्षको छोरासमेत रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

राजकुमारले छिन्ताङमा भेष बदलेर ठगी गर्दै हिडेको थाहा पाएपछि पक्राउ गरी प्रहरीमा बुझाईएको स्थानीय भरतसिंह राईले बताए । स्थानीय बम कार्कीले दिएको जानकारी अनुसार दुलही बनेर आएका उनले धेरै स्थानीयसँग पैसा सापटी मागेर नाटकीय शैलीमा ठगी गरेकोे पाईएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

केटी जस्तो बनेर विवाह गरी झुक्याई स्थानीयलाई ठगी गर्न थालेपछि राजकुमारलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन । उनको ठग्ने शैली देखेर स्थानीयसँगै प्रहरी पनि आश्चर्यमा परेको छ ।

तर, कसैको पनि सापटी रकम फर्काईएको छैन । सापटी माग्दै रकम कुम्ल्याएर भाग्न खोजेको स्थानीयको आशंका छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाको बिषयमा अनुसन्धान भईरहेको धनकुटाका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिएका छन् । ठगी गर्ने मनसायले घटना भएको प्रहरीको ठम्याई छ । सिन्धुली सौगात अनलाइनमा समाचार प्रकाशित छ ।