नेपालगञ्ज भन्सार हुदै काठमाण्डौं पु–याइएको लाखौंको तस्करीको समान काठमाण्डौं कालीमाटीमा पक्राउ

२६ बैशाख, नेपालगञ्ज/ भारतको दिल्लीबाट बुधबार बिहान नेपालगञ्ज भन्सार कार्यालय गेट हुदै काठमाण्डौं गएको ना ४ ख ४५१६ नम्बरको यात्रु बहाक बसमा लाखौंको मुल्यको भन्सार छलीको समान काठमाण्डौंको कालीमाटीमा प्रहरीले पक्राउ गरेको छ ।

साडी, कुर्ता सुरुवाल र इलेक्ट्रीक समानहरु रहेको उक्त तस्करीको समान ल्याउने ब्यक्ती फरार रहे पनि बसका चालक र सह चालक भने प्रहरीके नियन्त्रणमा रहेका छन ।
साडी र कुर्ता सुरुवाल मात्र करीब २५ लाख भन्दा बढीको रहेको प्रहरीले मुल्याकण गरेको काठमाण्डौं महानगरिय प्रहरी परिसरका प्रमुख विश्वराज पोख्रेलले बताउनु भएको छ । भिडियो क्लिक्स सगरमाथा टेलीभिजन बाट लिइएको हो ।