सल्यानको सल्लीबजार आम्रा नजिकै यात्रु बहाक बस दुर्घटना : ४३ जना घाइते (घाइतेहरुको विवरण)

तस्बिर: डिल्ली शाही

६ जेष्ठ,नेपालगन्ज/  नेपालगन्ज आउँदै गरेको बस  आईतबार दिउँसो सल्यानको सल्ली बजार नजिक दुर्घटना भएको छ ।

रुकुमको चौरजहारीबाट नेपालगन्जका लागि छुटेको बागेश्वरी यातायातको ना. ३ ख ७८७२ नम्बरको बस  आईतबार दिउँसो १ बजे तिर सल्लीबजार नजिकै रहेको अम्रा भन्ने ठाउँमा दुर्घटना हुँदा ४३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सल्लीले जानकारी दिएको छ ।

बस दुर्घटना भएको ठाउँ सल्लीबजार भन्दा तीन किलो मिटर पर पर्छ । बस सडकबाट करिब सय मिटर तल भेरी नदीको बगरमा  खसेको ईलाका प्रहरी कार्यालय सल्ली बजारले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुलाई नेपालगन्ज उपचार भइरहेको छ ।

दुर्घटना बाट घाइते हुनेमा :-

  1. भगवती सिह जाजरकोट वर्ष ३० कि,
  2. तुल्सि बि क नेपालगन्ज वर्ष ३० कि,
  3. सेती परियार नेपालगन्ज वर्ष ३०,
  4. खिम ब सुनार सल्यान वर्ष ३२,
  5. ललित खत्री सुर्खेत वर्ष २०,
  6. खुम ब बिक सुर्खेत वर्ष १९,
  7. दुर्ग ब राना सल्यान सागिनेका वर्ष ३०,
  8. अमृता थापा सल्यान कुमाख ३ वर्ष २०,
  9. खिमलाल बिक सल्यान बनगाड कुपिण्डे नपा १ वर्ष २५,
  10. अनिता चन्द चौरजहारी वर्ष ३०,
  11. कलि बस्नेत सल्यान कुमाख गापा ३ वर्ष ७५,
  12. कमला बस्नेत सल्यान कुमाख गापा ३ वर्ष १५,
  13. शारदा बि क बर्दिया वर्ष २२,
  14. लक्ष्मी बिक बर्दिया वर्ष ४०,
  15. दिलिप बिक बर्दिया वर्ष१९,
  16. सुपृया बि क बर्दिया ७ महिना,
  17. टेक ब बुढा सल्यान बनगाड कुपिण्डे-१ वर्ष २२,
  18. रुद्र चन्द रुकुम वर्ष ३४,
  19. मिना शर्मा कोहलपुर वर्ष २१,
  20. बिकास बुढा सल्यान बनगाड कुपिण्डे १ वर्ष २२,
  21. एन्जल शर्मा कोहलपुर वर्ष ५,
  22. नोखी राना सल्यान बडागाउ वर्ष ४०,
  23. अमृत थापा कालागाउ ५ का वर्ष ४०,
  24. कविता कुमाख २ वर्ष २१,
  25. रुद्र सिह राठौर जाजरकोट वर्ष १६,
  26. कोइली बस्नेत सल्यान कुमाख गापा २ वर्ष४०,
  27. बाटुली बिक सल्यान कुमाख गापा २ वर्ष १७,
  28. गगन राना सल्यान कुमाखा गापा ३ वर्ष ५२,
  29. डम्बर बिक सल्यान कुमाख गापा ३ वर्ष १० ,
  30. नवीन बुढाथोकी सल्यान कुमाख गापा २ वर्ष २०,
  31. केवसी बुढाथोकी कुमाख-१ ,
  32. लुगि रावत सल्यान कुमाखा गापा २ वर्ष १०,
  33. जेनिस रावत वर्ष ११,
  34. भिम ब रोका सल्यान चादे ३ वर्ष २८,
  35. रितेश चलाउने सल्यान कुमाख २ वर्ष ३,
  36. दिपा थापा नेपालगन्ज वर्ष २१,
  37. लिलारज बुढाथोकी सल्यान कुमाख वर्ष ३५,
  38. जिते बुढा सल्यान कुमाख ३ वर्ष ३५,
  39. नवीन बुढाथोकी सल्यान कुमाख ३ वर्ष १७,
  40. सुर्य बुढाथोकी सल्यान कुमाख ३ वर्ष ५७ र
  41. गाडी चालक कोहलपुरका मोहन बिक
  42. सहचलक प्रेम खत्री

घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।