बांकेमा ५५ जना सहित नेपालमा एकैदिन ३ हजार १६७ कोरोना संक्रमित थपिए

१ कार्तिक, नेपालगञ्ज/ बांकेमा पछील्लो २४ घण्टामा ५५ जना ब्यक्तीमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । भेरी अस्पतलामा रहेको कोरोना परिक्षण ल्याबमा गरिएको परिक्षणमा ८ महिला र १० जना पुरुष, कोहलपुर स्थित मेडिकल कलेजमा रहेको ल्याबमा ६ महिला र १२ जना पुरुष गरि १८ जना, कोहलपुरमा रहेको बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा २ जना पुरुष गरि बांके जिल्ला ठेगाना टिपाएका ३८ जना कोरोना संक्रमित भएको पाइएको छ ।

संक्रमित मध्य बांके जिल्ला बाहिरको ठेगाना टिपाएका थप १७ जना रहेका छन । जसमध्य भेरीमा २ महिला ४ जना पुरुष गरि ६जना, मेडिकल कलेजमा ३ जना महिला ४ जना पुरुष गरि ७ जना र बागेश्वरी ल्याबमा १ जना महिला र ३ जना पुरुष गरि ४ जना रहेका छन ।
बांके जिल्लाका र बाहिरमा गरि एकैदिन ५५ जना कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बांकेमा प्रवक्ता एवम कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाकारी दिनुभएको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार शनिबार सांझ सम्म बांकेका ३०,२३१ जनाको कोरोना परिक्षण गरिएकोमा २७,५२९ जना नेगेटिभ आएको,२६७३ जना कोरोना पोजेटिभ भएकोमा २०२२ जना कोरोना मुक्त हुनुभएको २९ जनाको मुत्यू भएको छ ।

शनिबार सांझ सम्म २३४ जना महिला र ३८८ जना पुरुष बिभिन्न आइसोलेसन तथा अस्पतालमा स्वास्थ्य लाभ गरिरहनुभएकोमा १८ जना सिकिस्त र ८८ जना मध्यम बिरामीहरुको अस्पतालमा उपचार भईरहेको छ ।

उता देशभरीको कोरोना संक्रमणको अवस्ता हेर्ने हो भने पछील्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन भने १ हजार ८ सय जना कोरोनामुक्त भएका छन । पछील्ले २४ घण्टामा जम्मा १५ हजार ५३१ पीसीआर परीक्षण गरिएकोमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा १ लाख २९ हजार ३ सय ४ कोरोना संक्रमितको संख्या भएको जानकारी दिनुभएको छ । त्यसैगरि ८९ हजार ८४० डिसचार्ज भएको र सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट नेपालमा १२ लाख ६९ हजार ६ सय ५ जनाको परीक्षणहरु गरिएको छ । त्यसैगरी पछील्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७२७ जना पुगेको छ ।