नेपाल–भारत सिमा क्षेत्र अन्तरगत बाँके र बर्दिया जिल्लाको दशगजामा गाढीएका १ सय १३ वटा सीमा स्तम्भ हराए, दुबै देशबाट सिमा स्तम्भ पुर्णनिर्माणको बेवास्ता

नेपाल भारत सिमा क्षेत्रमा सयुक्त सुरक्षा कर्मिबाट सिमा क्षेत्रको को अनुगमन तथा सुरक्षा  Photo : File

# विश्वराज पछल्डङ्ग्यार #
१४ साउन,नेपालगञ्ज/

पश्चिम नेपालकोतराईमा रहेको नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बाँके र बर्दिया जिल्लाकको सिमानामा रहेका ५५२ सिमा स्तम्ब मध्ये ११३ सीमास्तम्भ हराएका छन् । नेपाल भारत छुटटयाउने सिमा स्तम्ब गाढीएका बाँकेमा १३ र बर्दियामा १०० सीमास्तम्भ हराएका छन  ।

नेपाल –भारत णको क्रममा दशगजा निरीक्ष बाँके जिल्लाको ३२ वटा मुख्य सीमा स्तम्भ मध्ये बांके जिल्लाको पूर्वी क्षेत्र कटकुइँया र पश्चिम क्षेत्र मानखोला सम्मको सीमाका ५ वटा मुख्य पिलर हराएका छन । ती मुख्य सिमा स्तम्ब राप्ती नदी र मानखोलाको बाढीले बगाएको हुन सक्ने जिल्ला प्रशासन कार्यालय बांकेले जनाएको छ । बांकेका सिमा क्षेत्रमा क्षेत्रका रहेका २ सय ७५ वटा सहायक स्तम्भ मध्ये ८ वटा सिमा स्तम्ब हराएका छन । जसमा ५ वटा नदीले बगाएको र ३ वटा हराएका छन ।

जिल्ल प्रशासन कार्याल्य बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीका अनुसार बांके जिल्लामा थप सिमा स्तम्ब निरिक्षणको क्रममा हराएका सिमा स्तम्ब बाहेक १९ वटा जीर्ण सिमा स्तम्ब मर्मत गनुएपर्ने अवस्तामा रहेको छन ।

बर्सेनि आउने बाढी र कटानले नेपाल–भारत छुट्याउने सीमा स्तम्भ बगेर समेत हराउने हुनाले यसलाई ममृत सम्भार गर्नुपर्ने बताउनु भयो प्रजिअ केसीले ‘सीमास्तम्भ बाढीले बगाएको र हराएको भन्ने जानकारीमा आएको छ,त्यसलाई स्थानिय अनुगमनको क्रममा बा।के जिल्ला अन्र्तगत नेपाल–भारत छुट्याउने ३०७ वटा ठुला साना सीमा स्तम्भ गाढीउका छन ।

त्यसैगरी नेपाल–भारत सिमाना अन्तर्गत बर्दिया जिल्लामा मा २४५ सीमा स्तम्भ मध्ये मुख्य ठुला ७ वटा र साना ९३ स्तम्भ गरी १०० वटा सिमा स्तम्ब हराएका छन ।
बर्दिया जिल्लामा बबई नदीको बाढी र कटानका कारण ३ वटा सीमा स्तम्भ हाल जोखिममा रहेको र आर्थिक बर्ष ०७१ देखी ०७४ सम्म बिभिन्न समयको बाढीले ठूला र साना गरि ३२ स्तम्भ बगाएको र अन्य हाल हराएको अवस्थामा रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिनु भएको छ । बर्दियामा बाढी लगायत बिभिन्न कारणले सिमा स्तम्भ हराए पनी हाल सम्म पुनर्निर्माण हुन नसकेको प्रजिअ कुरुङवाङले जानकारी दिनु भएको छ ।  

बर्दियाको पूर्व मानखोला देखि पश्चिम राजापुरसम्म कर्णाली नदीको ८३.८ किलोमिटर क्षेत्रमा रहेका सीमा स्तम्भ हराएपछि दशगजा क्षेत्र देखिन छाडेको बर्दिया राजापुरका स्थानीय जंगलु थारूले बताउनु भयो ।
उहांले नेपाल भारत छुटटयाउने सीमा स्तम्भ हराए पछी नेपाली भूमि अतिक्रमण चपेटामा पर्ने गरेको इतिहास देखी नै हुने गरेकोमा यस्ता सिमा स्तम्बको समयमै सरकारले ब्यस्थित गर्नुपर्ने बताउनु भयो ।

त्यसैगरी नेपाल–भारत सिमा छुटयाउने सीमा स्तम्भको सुरक्षा र मर्मत नेपाली पक्षले समयमै नगर्दा नेपाली भुमि अतिक्रमण बढ्दै गएको बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर १ होलियाका राकेशकुमार बर्माले आफनो बिगतको अनुभव सुनाउनु भयो । ‘बर्माले यस पटकको सीमास्तम्भ बगाएपछि जमिनको विषयमा स्थानिय भारतीय र नेपाली बासिन्दा बीच पटक–पटक विवाद भएको जानकारी दिनु भयो ।

बांके स्थित नेपाल–भारत सीमा क्षेत्र राप्ती नदीले सिमा स्तम्ब हराएपछी हाल सिमाको काम नदीले नै दशगजाको रूपमा काम गर्दै आएको स्थानिय बासिन्दाले जानकारी दिनुभएको छ।

केही वर्षअघि भारततिर रहेको राप्ती नदी धार परिवर्तन गरी नेपालतर्फ आएपछि नेपाली भूमिमा भारतीयले खेतीपाती गर्दै आएको डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लले जानकारी दिनु भएको छ ।
भारतले सिमा क्षेत्रमा उच्च् बांध सहितको सडक निर्माण गरि नदीको धार समेत परिवर्तन गर्ने गरि खेतीयोग्य जमिन समेत धनीको धार समेत परिवर्तन गर्ने गरेका हुँदासमेत सीमास्तम्भ पुनर्निर्माणमा सरकारले चासो नदेखाउँदा नेपाली भूमि भारततर्फ गएको बताए ।
बाढीले सीमा स्तम्भ बगाउँदा समेत दुवै देशका उच्च आधिकारीले पुनर्निर्माणमा चासो नदेखाउँदा नदीले नै सीमा स्तम्भको काम गर्दै आएको छ  भने केही सिमा नियत बश बेपत्ता पारिएको पन स्थानिय बासिन्दाले जानकारी दिनु भएको छ । नया पत्रिकामा पनी समाचार छ ।