कपिलवस्तु जिल्लामा एचआईभी एडस उच्च जोखिम: १ बर्षमा १६ जनाको मुत्यू

२७ भाद्र,कपिलवस्तु/ कपिलवस्तु जिल्लामा समयमा उपचार नगराउंदा एप् आई भी एड्स रोगबाट १ वर्षमा १६ जनाको बिरामीको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार गत ०७४/७५ मा ९ पुरुष, ४ महिला, २ बालक र १ तेस्रो लिंगी गरि १६ जनाको मुत्यू भएको हो ।

जनस्वास्थ्य कार्यालय कपिलवस्तुका एचआईभी एडस रोगका फोकल पर्सन मोहम्मद इरफान खाँका अनुसार कपिलवस्तु जनस्वास्थ्य कार्यालय अन्तरगत एचआईभी एडस रोग बिरुद्धको औषधि सेवनका लागि एआरटी सेन्टरमा सम्पर्कमा नआएका र औषधि सेवनमा लापरबाही गर्ने बिरामीहरुले ज्यान गुमाएका छन ।

कपिलवस्तु जिल्लामा हाल ३ सय ७२ जना एचआईभी एडस संक्रमित औषधि सेवन गरिरहेका छन्, ती मध्य ९० प्रतिशत भन्दा बढी असुरक्षित यौन सम्पर्कका कारण एचआईभी संक्रमण भएको पाइएको फोकल पर्सन खाँले जानकारी दिनुभएको छ ।

मिश्रीत बसोबास रहेको कपिलबस्तु जिल्लामा एचआईभी संक्रमणको जोखिम उच्च रहेको र हाल पिडित मध्य मध्यम तथा उच्च घरानाका समेत उक्त रोगबाट पिडित रहेको पाइएको छ ।

हाल एचआईभी संक्रमण स्वास्थ्य परीक्षणका लागि कपिलवस्तु जिल्लामा सहज सुविधा दिए पनि एआरटी सेन्टरसम्म पिडितहरु सामाजिक लाज तथा अन्य बिभिन्न कारणले नआउने गरेकाले एचआईभी संक्रमण बिरामीको मुत्यू हुने गरेको जनस्वास्थ्य कार्यालय कपिलवस्तु जिल्लाका प्रमुख योगेन्द्र भगतले बताउनु भएको छ ।