दांगको रिहार नजिक दुर्घटना : दुलाहका आमा-बुवा समेत ६ जनाको मुत्यू

दुर्घटनामा परेको जिप र बस घाईतेको कोहलपुर मेडीकल कलेजमा उपचार हुदै

२७ मंसिर, नेपालगञ्ज/ पूर्व–पश्चिम राजमार्गमा पर्ने दांगको लमही नगरपालीका वडा नम्बर ९ रिहार नजिकै बुधबार राती जन्ती चढेको जिप र बस ठोक्कीएर दुर्घटना हुदा ६ जनाको मुत्यू भएको छ भने २ जना घाईते भएका छन ।

चितवनको गिता नगरबाट बांकेको शम्शेरगञ्ज आउदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको रात्रीकालीन यात्रु बस बिहीबार बिहान ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा दुलाहका बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मान बहादुर केसी र आमा ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री सहित ६ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

२ वटा स्कारपियो जिप र बसमा  जन्ती लिएर दुलही लिन बांकेको शक्शेरगञ्जबाट चितवनको गितानगरमा बिवाह गरेर दुलही ल्याउदै गर्दा दुलहाका बुवा आमा समेत चढेको एउटा स्कारपियो दुर्घटनामा परेको र बेहुला र बेहुली चढेको स्कारपियो गाढी भने सुरक्षीत रहेको प्रहरीले जानकारी दिएको छ ।

बेहुलाका बुवा-आमा र आफन्त चढेको जीप पश्चिमबाट पूर्व तर्फ गइरहेको बस संग ठोक्कीएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र स्कारपियो गाढी चालक चालक २१ वर्षीय यम बहादुर मगर घाइते भएका छन् । उनीको बाँकेको कोहलपुर स्थत शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।