अख्तियार दवारा घुस सहित मुर्गियाका इन्सपेक्टर पक्राउ

२३ जेठ,बुटवल/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलील् रपन्द्हीको इलाका प्रहरी कार्यालय मुर्गियाका प्रमुख पदमा कार्यरत प्रहरी निरीक्षक केशब बहादुर बस्नेत पकूाउ परेकाछन् ।बिहिबार सांझ १ जना ट्रेक्टर धनीसंग घुस लिंएको आरोपमा निरिक्षक बस्नेतलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालयका सुचना अधिकारी सुरेश भुसालका अनुसार बस्नेतलाई इलाका प्रहरी कार्यालय मुर्गिया कार्यालयबाटै नगद १५ हजार घूस सहित नियन्त्रणमा लिएको बताएको छ ।

२ दिन अघि प्रहरीले पक्राउ परेको ट्याक्टर छाडिदिने भन्दै ट्याक्टर धनीसँग घूस लिँदै गर्दा अख्तियार टोलिले इलाका प्रहरी कार्यालय मुर्गियामा छापा मारेको हो ।

करीब २ हप्ता अघि शुद्धोधन स्थित तिनाउ नदीमा लगाइएको ठेक्काबाट पैसा तिरेर बालुबा लिएर फर्कँदै गरेको ट्याक्टर अवैध तरिकाले खोला उत्खनन् गरेर ल्याएको आरोप लगाउंदै प्रहरीले नियन्त्रणमा लिएको थियो। ट्याक्टर धनी सन्तराम लोधले किनेर ल्याएको भन्दै रसिद देखाउँदा पनि प्रहरीले ट्याक्टर पक्राउ गरेको थियो ।
१५ हजार दिने सहमति गरेका लोधले अख्तियारलाई खबर गरेर पैसा दिन प्रहरी कार्यालय पुगेका थिए । पैसा दिएर लोध निस्के लगत्तै अख्तियार टोलीले इप्रकामा छापा हानेको थियो।