सामाजि सदभाव खलबलिन नदिन प्रशासनद्धारा नेपालगञ्जमा कफर्यू जारी

मंगलबार बिहान नेपालगञ्जको बिपि चौक नजिकको भएको भागदौडमा छुटेका चप्पल -साइकिलहरुको दृष्य ।

नेपालगञ्ज १६ असोज / सामाजिक सुरक्षामा खलबल पु–याउन सक्ने घटना हुन नदिन बांके प्रशासनले मंगलबार अपरान्ह १ बजे देखि कफर्यू आदेश जारी गरेको छ ।

दुई ब्यक्ति बीच भएको बिवादलाई धार्मिक एवम राजनितिक रंग दिएर आफना कुशित अभिष्ट पुरा गर्न खोज्ने ब्यक्ति तथा समूहरु सल्बनाउन थालेको अनुभव गर्दै बांके प्रशासनले मंगलबार बिहान बसेको सयुंक्त सुरक्षा समितिको निर्णय बमोजिम आवश्यक्ता अनुसार कफर्यू जारी गर्ने निर्णय गरेको हो ।

अस्ति आईतबारएकपक्षबाट नारा जुलुस गरेको र आज फेरी अर्को पक्षबाट नारा जुलुस गरेको घटनाको बिश्लेषण गर्दै स्थितलाई भडकिन नदिन प्रशासनले कफर्यू जारी गर्ने निर्णय गरेको हो ।