अविरल वर्षाको कारण शनिबार दिउँसो सम्म ३० जनाको मृत्यु,१८ जना बेपत्ता, १२ जना घाइते, १३३ जनाको सकुशल उद्धार

 

 

२८ असार, नेपालगञ्ज/  शुक्रबारदेखि अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसो सम्म ३० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत ठुला क्षति भएको छ ।

बाढी पहिरोमा परी मृतकहरुको संख्याहरुमा ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३र३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २र२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १र१ जना गरी ३० जनाको ज्यान गएको नेपाल प्रहरीको केन्द्रिय समाचार कक्षले जानकारी दिएको छ ।

त्यसैगरि उक्त घटनाहरुमा घाईतेहरुको संख्यामा मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी १२ जना घाइते भएका छन।

त्यसैगरि बेपत्ता हुनेहरुको संख्यामा सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १र१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सुरक्षा निकायका सबै अंगहरु सक्रियरुपमा सम्बन्धित क्षेत्रमा परिचालित रहेका छन भने नेपाल प्रहरीले प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु सक्रियरुपमा परिचालित रहेको जनाएको छ ।

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । यसै गरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई हिजो साँझ ७ बजे बाट सुचारु गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रहरीले जनाएको छ ।

बांकेको कुसुममा राप्ती नदी खतरा संकेत भन्दा माथी…..

त्यसैगरि बांकेको कुसुममा रहेको राप्ती नदीका पानीको बहाव खतराको मापन भन्दा माथीबाट बगिरहेकाले खतराको साइरन बजेको बज्यै छ । राप्ती नदीको कुसूममा शनिबार अपरान्ह ४ बजे ५.६९ मिटरको उचाईबाट बगिरहेको छ ।
कुसुममा राप्ती नदीमा ५ मिटरको उचाईमा सजकताको घण्टी र ५.४ भन्दा माथी खतराको घण्टी बज्ने गर्दछ । पानीको बहाव दिउसो केही समय स्थिर रहे पनि शनिबार सांझ ४ बजेपछी बढदो क्रममा रहेकाले राप्ती नदीको तल्लो तटिय क्षेत्रमा रहेका होलीया, बेतहनी, फत्तेपुर र गंगापुर क्षेत्रमा सावधानी अपनाउनुपर्ने देखिन्छ ।

कुन नदीको छेउछाउमा खतरा छ हेर्न यहां क्लिक्स गर्नुहोस