सर्पले टोकेको बालकलाई बचाउन खोज्ने शिक्षक सहित २ जनाको मुत्यू १ जना घाईते

दुर्घटनामा ज्यान गुमाउनु भएका अत्यन्तै सहयोगी र मिलनसार शिक्षक चेवन देवकोटा ।

१४ भदौ, नेपालगञ्ज/  पूर्व- पशिचम राजमार्गमा पर्ने बाँकेको शम्शेरगञ्जमा रहेको शसस्त्र प्रहरीको चेकिंग पोष्टमा आईतबार बिहान रोकिरहेको ट्रकमा ठोक्किएर मोटसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

आइतबार बिहान ४ बजेर ४० मिनेटमा बांके जिल्लाको राप्तिसोनारी गाउँपालिका वडानम्बर ८ शमसेरगञ्ज स्थित चेकपोष्टमा ना ४ ख २१३९ नम्बरको ट्रक चेकिङको लागि रोकिएको समयमा पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बांकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता नायब उपरिक्षक सुवास खड्काका अनुसार दुर्घटनामा ३ जना घाईते भएकोमा २ जनाको मृत्यु भएको छ भने १ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल राप्ती गाउंपालिका वडानम्बर १ कुसुम घर भई नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २१ स्थित महाराजा माध्यमिक विद्यालयका नि.मा. नेपाली विषय स्थायी  शिक्षक समेत रहनु भएका ३३ वर्षीय चेवन देवकोटाको उपचारका लागि नेपालगञ्ज ल्याउदै गर्दा बाटो मै मुत्यू भएको प्रहरीले जानकारी दिएको छ । देवकोटाको टाउंकोमा चोट लागि गम्भीर घाईते हुनुभएको थियो ।

अत्यन्तै सहयोगी र मिलनसार रहनुभएका शिक्षक चेवन देवकोटा  छिमेकीको बच्चालाई सर्पले टोकेर गुहार मागेपछी सुतिरहेको समयमा एक्कासी उठेर चेवन देवकोटा  सहयोग गर्न अगाडी सर्नुभएको समयमा दुर्घटनामा परेर ज्यान गुमाउनु भएको छ ।

उक्त घटनामा घाईते भएका ३ वर्षीय लिला बहादुर खड्काको उपचारका क्रममा आइतबार बिहान १० बजेर २० मिनेट जांदा भेरी अञ्चल अस्पतालमा मृत्यु छ ।
बांकेको कुसुमममा राती घरमा सुतिरहेका समयमा बच्चा लाई सर्पले टोकेर उपचारको लागि आमा सहित बिरामी बच्चाको उपचारका लागि आमा रचेवन देवकोटाले कोहलपुर तर्फ उपचारको लागि हतार- हतारमा अस्पताल लाँदै गर्दा उक्त दुर्घटनामा परेको हुनसक्ने प्रवक्ता खडकाले जानकारी दिनुभएको छ ।

प्रहरी प्रवक्ता खडकाका अनुसार घाइते भएका २१ बर्षिय कौशिला खड्का ती बालकका आमा हुन्। उहांको अस्पतालमा उपचार भइरहेको छ भने सर्पले टोकेको बच्चालाई बचाउनका लागि सहयोग गर्नेक्रममा दुर्घटनामा परेर शिक्षक देवकोटाको र बच्चाको अकालमा मुत्यू भएको छ ।m प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।