कोहलपुर घटना: ४८ घण्टे तनाव पछी ट्रयाकमा आउदै कोहलपुर, लाखौंको क्षती

२४ मंसिर,कोहलपुर/ त्रिभुन माबि कोहलपुरमा अध्ययनरत एनटिभी रोड निवासी प्रकृती चन्दलाई ट्रकले ठक्कर दिएर घाईते बनाएर पुन ट्रकले ब्याक गरेर मार्न खोजेपछीको उत्पन्न परिस्थितले असहज बनेको कोहलपुर बजार क्षेत्र मंगलबार बिहनै देखी सामन्य बन्दै गएको छ ।

सोमबार भएको सर्वपक्षीय बैठले सदभाव –याली निकाल्ने र घटनालाई सम्बोधन गर्ने, पिडितलाई राज्यबाट सहयोग गर्ने, घटनाको गृह मन्त्रालय मातहतबाट आवश्यक छानबीन गरि दोषिलाई कार्बाही गर्ने, कोहलपुर प्रहरी प्रमुखलाई उक्त कार्यालयबाट अन्यत्र लैजाने लगायतका बिषयमा सहमती जुटेपछी दुर्घटनापछी तनावमा रहेका कोहलपुरका बासिन्दा मंगलबार देखी सामन्य जनजिवीकामा फर्किएका छन ।

सोमबार सांझ गर्ने भनिएको सदभाव –याली मंगलबार बिहानै निकालेर शान्ती र सदभावको सन्देश दिन कोशिस गरिएको छ ।
कोहलपुरमा मंगलबार बिहानै देखी बिद्यालय खोलिएका छन भने ब्यापारीले पसल खोलेका छन ।

यातायातका साधनहरु नियमितरुपमा सञ्चालन गरिएका छन । तर कोहलपुरमा केही राजनितिक दलका आडम्बर ब्यक्तीको कारण जुंगाको लडाई पनि सदभाव —यालीको क्रममा देखिएको कोहलपुरमा रहेका पत्रकार रबिन्द सिहले जानकारी दिनुभएको छ । कोहलपुर घटनामा उत्पन्न परिस्थितीका कारण लार्खौं रुपैयाको क्षती हुनगएको छ भने दर्जनौं नारिक घाईते हुन पुगेका छन ।