२४ बैशाख,नेपालगञ्ज/ सरकारले लकडाउन थप गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

त्यसैगरि नेपाल सरकारको बुधबार बसेको मन्त्रिपरिषको बैठकले अन्तर्राष्ट्रीय सीमा नाका आगामी जेष्ठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । दक्षिण तिरको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अवात्तै बढिरहेकाले नेपाल–भारत सीमा नाका जेष्ठ १८ सम्म बन्द गरेर थप कडाई पनि गर्ने निर्णय गरेको छ।

त्यस्तै आन्तरिक र अन्तर्राष्ट्रीय उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेष्ठ १८ सम्म पुर्‍याएको छ  भने बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।