कोरोना अपडेट: नेपालमा कोरोना संक्रमितको संख्या ८६ सय ५ जनामा १५ सय ७८ जना घर फर्किए

 

६ असार, नेपालगञ्ज/  नेपालमा कोरोना भाईरस संक्रमितहरुको शनिबार थप ३ सय ३१ जना थपिएका छन ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न ठाउंमा रहेका सरकारी ल्याबहरुमा गरिएको परिक्षणमा बिभिन्न जिल्लाका गरि शनिबार ४९ जना महिला र २ सय ८१ जना गरि ३ सय ७१ जनामा कोरोना संक्रमित भएको जानकारी सार्वजनिक गरेको छ ।

यो पछील्लो तथ्यांक सगै नेपालमा कोरोना संकमित हुनेहरुको जम्मा संख्या ८ हजार ६ सय ५ जना पुगेको छ । संक्रमित हुनुहुनेहरुमा ७ सय ५६ जना महिला र ७ हजार ८ सय ४९ जना पुरुष रहनुभएको छ ।

नेपालमा हाल सम्म शनिबार मात्र १८ जना महिला र १ सय ५८ जना पुरुष गरि १ सय ७६ जना आइसोलेसन सेन्टरहरुबाट डिसचार्ज भएर घर फर्किनुभएको छ । यो संख्या संगै हाल सम्म १ सय ४१ जना महिला र १४ सय ३७ जना पुरुष गरि कुल १५ सय ७८ जना बिभिन्न ठाउंका सेन्टरहरु तथा अस्पतालहरुबाट निको भएर घर फर्किनुभएको छ । नेपालमा हाल सम्म २२ जनाको कोरोनाबाट मुत्यू भएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितको  संख्यात्मक विवरण……

डोटी ६१
कैलाली ६
बाँके १४
बर्दिया ७
रुकुम पश्च‍िम १
दाङ ४
प्यूठान ८
नवलपरासी पूर्व ३२
तनहुँ २३
बागलुङ २०
बैतडी १८
गुल्मी १८
पाल्पा १८
डडेलधुरा १२
झापा १
सुनसरी २
मोरङ ८
सर्लाही ९
महोत्तरी २४
बारा ४
काठमाडौं १
नवलपरासी पश्चिम १
रामेछाप ३
रौतहट २
रुपन्देही १
धादिङ ८
भक्तपुर ७
स्याङ्जा १
रौतहट ५